शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसले चुनावी गठबन्धनको पक्षमा नीतिगत निर्णय लिन्छ : रामचन्द्र पौडेल

आइतबार, १३ चैत २०७८, १५ : ४२
आइतबार, १३ चैत २०७८

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनबारे केन्द्रीय समितिले नीतिगत निर्णय  लिने बताएका छन् । केन्द्रीय समिति बैठकका बीच सानेपा स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने  निर्णय गर्ने बताए ।

उनले भने, ‘कुन स्थानीय तह कसले लिने भन्ने त्यसपछि निर्णय गर्ने कुरा हो । चुनावी तालमेल गरेर गठबन्धन बचाएर लानुपर्ने आवश्यकता छ ।’  धेरै  केन्द्रीय सदस्यको धारणा चुनावी तालमेलको पक्षमा आएको पौडेलको भनाइ छ। 

‘कहाँ कहाँ लिने, कहाँ कहाँ छाड्ने भन्ने त पछि सल्लाह हुन्छ,’ उनी भन्छन्, ‘यो बैठकले चुनावी गठबन्धनबारे सैद्धान्तिक निर्णय गर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप