मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

४१ अंकले घट्यो सेयर बजार, यी लगानीकर्तालाई भने फाइदा

आइतबार, १३ चैत २०७८, १५ : ३६
आइतबार, १३ चैत २०७८

आज साताको पहिलो कारोबारका दिन सेयर बजार परिसूचक ४१ अंकले घटेको छ । कारोबार समयदेखि घट्न थालेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अन्तिम समयसम्म आइपुग्दा करिब ५० अंकले घटेर बन्द भएको हो ।

यसक्रममा आज निर्जीवन बीमा समूह बाहेक सबै समूहमा गिरावट आएको छ । निर्जीवन बीमा समूहमा भने १३३ अंकको वृद्धि आएको छ । यसबाहेक, जीवन बीमा समूह अन्तिम समयमा समालिन नसक्दा ९८ अंकले घटेको छ ।

यस्तै, उत्पादनमूलक समूह १४५ अंक, विकास बैंक समूह १४५ अंक, अन्य समूह ९३ अंक, होटल एण्ड टुरिजम समूह ६६ अंक र व्यापार समूह ५५ अंकले घटेको छ । यस्तै, कारोबारमा आएका अन्य सबै समूहका सूचक समेत घटेका छन् ।

बजार ४१ अंकले घटेपनि आज नेप्सेमा जीवन विकास लघुवित्त संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । आज एकै दिन कम्पनीको सेयर मूल्य ३०० रुपैयाँ बढेर प्रतिकित्ता ३३ सय रुपैयाँ पुगेको छ ।

यसबाहेक, इमर्जिङ नेपाल, राष्ट्र उत्थान लघुवित्त वित्तिय संस्था र जेनरल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ । आज सबैभन्दा धेरै अपी पावर कम्पनीको सेयर २७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यस्तै, गुराँस लाइफ इन्स्योरेन्सको सेयर १७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप