एनआरएनए विवाद : ३ अध्यक्षको निर्णयविरुद्ध घले पक्ष पुग्यो परराष्ट्र मन्त्रालय (पत्रसहित)
आधिकारिक गैरआवासीय नेपाली संघ (एनआरएनए) आफू भएको दाबी गर्दै परराष्ट्र मन्त्रालयमा शेष घले पक्ष पुगेको छ । आइतबार अध्यक्ष विनोद कुँवरको नेतृत्वमा परराष्ट्र मन्त्रालयमा पुगेर काठमाडौंको याक एण्ड यतिमा सम्पन्न महाधिवेशनबाट भएको निर्णयलाई वैधानिकता दिन माग गर्दै निवेदन दर्ता भएको हो ।
याक एण्ड यतिमा मार्च २४ तारिखका दिन एनआरएनएका प्रमुख संरक्षक शेष घलेको अगुवाइमा १० औं विश्व सम्मेलन गरेर कुँवरलाई अध्यक्ष चयन गरिएको थियो । निवेदनमा संघको विधानका केही व्यवस्थालाई संशोधन गर्ने निर्णय भएकाले त्यसलाई प्रमाणीकरण गर्न भनिएको छ । जबकी संस्थापनले हाल कायम विधानको व्यवस्थालाई परिवर्तन गरी संस्थामा ३ अध्यक्ष बनाउने निर्णय गरेको थियो । शनिबार ललितपुरको होटल हिमालयमा भएको विश्व सम्मेलनले संघको विधान संशोधन गरेर भविष्यमा नजिर नपर्ने गरी तीन अध्यक्ष बनाउने निर्णय गरेको थियो । त्यसका लागि उपेन्द्र महतोको नेतृत्वमा ७ सदस्यीय निर्वाचन मण्डल समेत घोषणा गरिएको थियो ।
सो निर्णयपछि घले समूहले आफूलाई आधिकारिक दाबी गर्दै संस्थापन समूहभन्दा पहिले परराष्ट्र मन्त्रालयमा पुगेर विधानमा एकभन्दा बढी अध्यक्ष चयन गरिनु अवैध हुने ठहरसहित निवेदन दिएको हो । संस्थापनले हलबाट गरेको निर्णय परराष्ट्र मन्त्रालयबाट प्रमाणीकरण गर्नुपर्ने भएकाले सो अघि नै घले पक्ष परराष्ट्रमा पुगेर बखेडा झिकेको हो ।
दशौँ महाधिवेशनबाट उपस्थित प्रतिनिधिहरूबाट संघको विधान, २००३ (२०२१ संशोधितसहित) को केही व्यवस्थालाई संशोधन गर्ने निर्णय भएको निवेदनमा उल्लेख छ । सोअनुसार चैत १२ गते बसेको सचिवालय बैठकबाट विधानको दफा १९ बमोजिम विधानको संशोधित व्यवस्थाहरु स्वीकृतिका लागि अनुरोध गरिएको छ ।
पत्रमा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा गैरआवासीय नेपाली संघको सन् २२ मार्च २०२२ देखि २४ मार्च २०२२ मा काठमाडाैं, दरबारमार्गस्थित याक एण्ड यति होटलमा सम्पन्न दशौँ अन्तर्राष्ट्रिय महाधिवेशनमा उपस्थित प्रतिनिधिहरूबाट गैरआवासीय नेपाली संघको विधान, २००३ (२०२१ संशोधित सहित) को केही व्यवस्थाहरुलाई संशोधन गर्ने गरी निर्णय पारित भएको हुँदा उक्त निर्णयलाई अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको मिति २०७८।१२।१२ को बैठकबाट सम्बोधन गरी विधानको दफा २९ बमोजिम विधानको संशोधित व्यवस्थाहरु त्यहाँ मन्त्रालयबाट स्वीकृति तथा प्रमाणीकरण गर्न हार्दिक अनुरोध गर्दछु ।’
सचिवालयको तर्फबाट घले समूहले दर्ता लगायत सम्पूर्ण कार्य गर्न अधिवक्ता आशिष उप्रेतीलाई अख्तियारी दिएको दिएको छ । संस्थापन पक्षको शनिबारदेखि सुरु भएको १० औं सम्मेलन आइतबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न गर्दैछ । आइतबारको निर्णयअनुसार बद्री केसी, कुल आचार्य र रविना केसी अध्यक्ष बन्दैछन् ।
त्यसका लागि संस्थापन समूहले समेत आजै परराष्ट्रमा विधान संशोधन गरिएको भन्दै पत्र बुझाएपनि प्रमाणीकरण भएको छैन । परराष्ट्रले यसअघि नै प्रमुख संरक्षकले चुनाव गराउने भनेर म्यान्डेट दिइसकेको र सोहीअनुसार याक एण्ड यतिमा सम्मेलन भएकाले शनिबारदेखि ३ अध्यक्ष बनाउने गरी भएको विश्व सम्मेलन अवैध भएको घले पक्षको जिकिर छ । एनआरएनएको प्रमुख संरक्षक घले हुन् भने उनलाई नै परराष्ट्रले चुनाव गराउने म्यान्डेट दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता
-
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल
-
सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि
-
मुख्यमन्त्री शाहको राजनीतिक सल्लाहकारमा उपाध्याय नियुक्त
-
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न मन्त्री गुरुङको आग्रह