मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

जगदम्बा स्टील्सको ग्याल्भा प्लस र सुपर साइन सार्वजनिक

आइतबार, १३ चैत २०७८, १५ : २६
आइतबार, १३ चैत २०७८

जगदम्बा स्टील्सले हालै नेपाली बजारमा ग्याल्भा प्लस र सुपर साइन प्रस्तुत गरेको छ । कम्पनीले केही समयअघि मात्र सिमरास्थित अत्याधुनिक नयाँ प्लान्टको स्थापना गरेर उत्पादन सुरू गरेको हो । 

शंकर ग्रुप अन्तर्गत जगदम्बा स्टील्स नेपालको सबैभन्दा ठूलो फलामे छड उत्पादक कम्पनी हो । जसको उत्पादन क्षमता वार्षिक ३ हजार मेट्रिक टन छ । साथै, स्लिट रोलिङ प्रविधिबाट टीएमटी बार उत्पादन गर्ने नेपालको पहिलो कम्पनी पनि हो ।

नेपालको सबैभन्दा ठूलो फलामे छड उत्पादन कम्पनीको रूपमा जगदम्बा स्टिल्सले विभिन्न प्रकारका स्टिल उत्पादन गर्दै आइरहेको छ । साथै, कम्पनीले देशको मागअनुसार उत्पादन क्षमता विस्तार गर्नुको साथै रोजगारी सिर्जनाको सन्दर्भमा देशलाई थप आर्थिक सहयोग प्रदान गर्दै आएको छ ।  

उत्पादन तथा प्रविधिमा सफलतापूर्वक नवप्रवर्तन हासिल गर्दै २५ वर्ष पूरा गरिसकेको जगदम्बा स्टिल्स ग्याल्भा प्लसपछि पनि थप अत्याधुनिक निर्माण सामाग्री बजारमा ल्याउन कम्पनी प्रतिबद्ध रहेको छ । हाल जगदम्बा स्टील्सले एक लाख ३२ हजार टन प्रतिवर्ष ग्याल्भा प्लस र एक लाख दस हजार टन प्रतिवर्ष सुपर शाइन उत्पादन गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप