शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

लोसपाका केन्द्रीय सदस्य काँग्रेस प्रवेश, देउवाले गरे स्वागत

आइतबार, १३ चैत २०७८, १४ : ४५
आइतबार, १३ चैत २०७८

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीय सदस्य विजयकुमार यादव नेपाली काँग्रेस प्रवेश गरेका छन् । सप्तरी–१ तिरहुत गाउँपालिका निवासी यादव काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आइतबार काँग्रेस प्रवेश गरेका हुन् ।

यादवलाई काँग्रेस सभापति शेरबहादुर देउवाले स्वागत गरेका थिए । पार्टी प्रवेश कार्यक्रममा काँग्रेसका पूर्व उपसभापति विजयकुमार गच्छदार, सहमहामन्त्री महेन्द्र यादव, मधेस प्रदेश सभापति कृष्ण यादव लगायत सहभागी थिए ।
विजयकुमार यादवले अब जिल्ला गएर लोसपाका कम्तिमा ७ सय कार्यकर्ता काँग्रेसमा भित्र्याउने बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप