शिवम् सिमेन्टद्वारा चरिकोटमा ग्राहक अन्तक्रिया कार्यक्रम सम्पन्न
शिवम् सिमेन्टले चरिकोटमा निर्माणकार्य गरिरहेका ग्राहकहरुसँग “ग्राहक अन्तक्रिया” कार्यक्रम सम्पन्न गरेको छ । निर्माण सम्बन्धी विभिन्न निकायका प्रतिनिधि उपस्थित उक्त कार्यक्रममा हाल निर्माण कार्य गरिरहेका ४० ग्राहकहरू उपस्थित रहेका थिए ।
चरिकोटस्थित होटल एम्ब्रोसियाको हलमा संचालित उक्त कार्यक्रममा मालपोत कार्यलय प्रमुख, नापि विभाग नि. प्रमुख, भवन तथा पुनर्निर्माण कार्यलयका इन्जिनियर तथा मालपोत कार्यलयमा कार्यरत अमिन सहितको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा सम्बन्धित निकायका प्रतिनिधिहरुले आफ्नो छोटो मन्तव्य राख्दै भवन निर्माण प्रक्रिया, निर्माण पूर्व ग्राहकहरुले सम्बन्धित निकायबाट लिनु पर्ने सेवा सुविधा तथा निर्माण कार्यमा गुणस्तरीय निर्माण सामाग्रीको महत्व आदि विषयमा प्रष्ट्याएका थिए ।
उक्त अन्र्तक्रिया कार्यक्रममा निर्माण कार्य गरिरहेका ग्राहकहरुलाई दक्ष एबम् अनुभवी प्राविधिकद्वारा सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामाग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माण कार्य गर्दा दिनहु आइपर्ने निर्माण सम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी विस्तृत जानकारी गराईएको थियो ।
सिमेन्टले ग्राहकहरूसंग अझ बढि अन्तर सम्बन्ध कायम राख्न अन्तक्रिया कार्यक्रम सुरुवात गरेको जनाएको छ । यस अघि देशका विभिन्न स्थानका निर्माण कर्मी (मेशन) हरुलाई अन्तक्रिया कार्यक्रम दिँदै आईरहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनयुद्ध हिंसा थिएन, हिंसा तत्कालीन राज्य व्यवस्थाले गरेको थियो : शर्मा
-
लागुऔषधसहित दुई जना नियन्त्रणमा
-
रूकुम पश्चिममा भव्यताका साथ मनाइयो जनयुद्ध दिवस (फोटोफिचर)
-
१० बजे १० समाचार : धरापमा शरतसिंहको मन्त्री पददेखि नयाँ शक्तिमा पुरानै नेतृत्वसम्म
-
विराटनगरका एमाले नेता पोखरेल माओवादीमा प्रवेश
-
महाशिवरात्रि मूल समारोह समिति गठन