शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

शिक्षा र स्वास्थ्य निशुल्क हुनुपर्छ : सांसद यादव

आइतबार, १३ चैत २०७८, १३ : ३८
आइतबार, १३ चैत २०७८

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् मधेश प्रदेशका प्रदेशसभा सदस्य बिक्की यादवले शिक्षा र स्वास्थ पूर्ण रूपमा निशुल्क हुनुपर्ने बताएका छन् । शिक्षा र स्वास्थ्य राज्यकै दायित्वभित्र परेको हुनाले त्यो पूर्ण निशुल्क तथा गुणस्तरीय हुनुपर्ने कुरामा जोड दिँदै प्रदेश सांसद यादवले निशुल्क गुणस्तरीय शिक्षा अनि स्वास्थ्यको सबभन्दा वकालत काँग्रेस र कम्युनिष्टले गर्छन् तर पटक–पटक सरकारको नेतृत्व गरेपनि त्यसप्रति ध्यान नदिएको गुनासो गरे । 

एक कार्यक्रममा बोल्दै सांसद यादवले संविधानले आधारभूत शिक्षा अनिवार्य र निशुल्क अनि माध्यमिक शिक्षा निशुल्क हुने प्रावधानसहित त्यसलाई मौलिक हकअन्तर्गत राखेपनि कार्यान्वयन नभएको प्रति चिन्ता व्यक्त गरे । 

माध्यमिक तहसम्म शिक्षा अनिवार्य र निशुल्क हुनुपर्ने कुरामा जोड दिँदै उनले श्रीलंका र माल्दिभ्समा स्नातक तहसम्म सरकारी शिक्षा निःशुल्क भएको तर नेपालमा काँग्रेस र कम्युनिस्टले व्यक्तिगत र राजनीतिक स्वार्थका लागि शिक्षा र स्वास्थ्यलाई निजीकरण गरेर हुने खानेको हातमा पुर्याई दिएको बताए । 

कुनै सुविधा नभएको एउटा सानो अवासीय भवन भाडामा लिएर चलाएको प्राइभेट स्कुलभन्दा पूर्वाधार, दक्ष जनशक्ति र श्रोत साधनको हिसावले कैयौं गुणा राम्रो सार्वजनिक स्कूलको शिक्षा गुणस्तर नरहेको उनले टिप्पणी गरे । उनले भने, ‘जतिसुकै विकास र समृद्धिको कुरा गरेपनि सरकारी शिक्षाको गुणस्तरमा सुधार नआएसम्म संसारका कुनै पनि राष्ट्रले प्रगति गर्न सक्दैन ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप