शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एक बलिउड नायिकाको परी कथा जस्तो जिन्दगीको दुःखद अन्त्य

आइतबार, १३ चैत २०७८, १३ : ३५
आइतबार, १३ चैत २०७८

बलिउडको क्लासिक लभ स्टोरी हिरा रांझामा हिरा बनेकी प्रिया राजवंशको जिन्दगी कुनै पनि परी कथा भन्दा कम थिएन । शिमलाको सुन्दर उपत्यकामा जन्मिएकी प्रिया, पढाइका लागि अचानक लन्डन पुगिन् । त्यहाँ एक फोटोग्राफरले उनको तस्बिर खिचे जसले बलिउडमा हलचल नै मच्चाइदियो र त्यो एउटा तस्बिरले उनलाई विद्यार्थीबाट अभिनेत्री बनायो । खासै ठूलो संघर्ष नगरीकन उनी फिल्मको अभिनेत्री बनिन् । तर ७ वटा फिल्मपछि उनको करियरमा बिराम लाग्यो ।

फिल्मबाट अलग भएपछि प्रिया फिल्म निर्माता–निर्देशक चेतन आनन्दसँग सँगै बस्न थालिन् । दुबैमा अत्यन्त माया बस्यो । तर विवाह भने गरेका थिएनन् । तर पनि चेतनले आफ्नो विरासतमा प्रियालाई नै हिस्सेदारी बनाएका थिए । सन् २००० को मार्च २७ मा प्रिया आफ्नै घरमा मृत फेला परिन् । उनको हत्याप्रति व्यापक विवाद भयो । गिरफ्तारी पनि भयो तर हत्या कसले ग¥यो भन्ने विषय आजसम्म पनि साबित हुन सकेको छैन ।

शिमलाको सुन्दर ठाउँदेखि लन्डनको ड्रामा स्कुलसम्म

कहानी सुरु हुन्छ ३० डिसेम्बर सन् १९३६ देखि । शिमलाका एक सरकारी अधिकारी सुन्दर सिंहको घरमा छोरी जन्मिन्छिन् । उनको नाम राखियो विरा सुन्दर सिंह । विरा पढ्नमा तेज थिइन्  र सुन्दर पनि थिइन् । शिमलामै  स्नातकसम्म पढिन् । त्यतीबेलासम्म कुनै पनि किसिमबाट उनको बलिउडसँग नाता थिएन । तर अभिनयमा रुची राख्थिन् । समयले कोल्टे फे¥यो र उनको पिता सुन्दर सिंहलाई सरकारले कुनै प्रोजेक्टका लागि लन्डन पठायो । शिमलामा हुर्के बढेकी विरा परिवारसँगै लन्डन गइन् ।

लन्डनमा उनी रोयल एकेडेमी अफ ड्रामाटिक आर्टमा भर्ना भइन् । यहाँबाट उनको अभिनयको यात्रा सुरु भयो ।

लन्डनमा समय राम्रोसँग चलिरहेको थियो । यतिमात्र होइन  प्रियाको पढाइ र मोडलिङ पनि राम्रै चलिरहेको थियो । कयौँ निर्देशक र निर्माताबीच उनको सुन्दरताको चर्चा हुन थाल्यो । यी को हुन् भनेर उनको खोजी हुन थाल्यो ।

चेतन आनन्दले फेला पारे तस्बिर, फेरियो भाग्य

विराको तस्बिर चर्चित निर्देशक चेतन आनन्दले फेला पारे । सन् १९६३ को आसपासको समय थियो । चेतन भारत–चीन युद्धमा  आफ्नो फिल्म हकिकत बनाइरहेका थिए । अर्का एक निर्देशकको माध्यमबाट विरासँग उनको भेट भयो । चेतनले नै उनको नाम विराबाट प्रिया राखेको बताइन्छ ।

फिल्मका साथै माया पनि पाइन्ः

चेतन आनन्द प्रिया राजवंशभन्दा लगभग १५ वर्ष जेठा थिए । विवाहित पनि थिए । तर, पत्नीसँग खटपट चलिरहेको थियो र लगभग दुवैको सम्बन्ध छुट्ने अवस्थामा पुगेको थियो । यसैबीच चेतनको खाली दिमागमा प्रियाको सुन्दरताले स्थान पायो । यी सबैबाट अन्जान प्रियाले चेतनलाई निजी र प्रोफेसनल लाइफ दुवैको अभिन्न हिस्सा बनिसकेकी थिइन् । सम्बन्ध यत्तिको अगाडि बढिसकेको थियो, फिल्ममा अभिनयको साथै लगभग सबै काममा हस्तक्षेप हुन थालेको थियो । वास्तवमा चेतनको सबै फिल्ममा नायिका प्रिया नै हुने गर्थिन् ।

कुल ७ फिल्मसम्म मात्रै करियर

प्रिया राजवंशको फिल्मी करियर धेरै जोडतोडका साथ सुरु भएको थियो । पहिलो फिल्म हकिकत ठूलो पर्दामा हिट भएको थियो । दोस्रो फिल्म हीरा रांझामा हीराको भूमिकाले उनलाई घर–घरमा पहिचान मिल्यो ।

तर सन् १९६४ मा सुरु भएको फिल्मी करियरमा प्रियाले कुल ७ फिल्म मात्रै अभिनय गरिन् । सन् १९८४ मा आएको ‘हाथोकी लकिरे’ उनको अन्तिम फिल्म थियो । कारण थियो हाथोकि लकिरे चेतन आनन्दको अन्तिम फिल्म थियो । यसपछि उनले फिल्म बनाएनन् । सिर्फ दुर दर्शनमा टिभी सिरियल परमबीर चक्र मात्रै बनाए । चेतनले फिल्म छोडेपछि प्रियाले पनि अभिनय छोडिन् किनकी उनी अरुको फिल्ममा काम गर्न चाहन्न थिइन् ।

विवाह गरेनन्, तर सँगै बसे

प्रिया र चेतन आनन्दले विवाह गरेनन् तर यी दुई लिभिङ टुगेदरमा बसे । प्रियको चेतनको जिन्दगीमा दखलको अनुमान यसरी पनि लगाउन सकिन्छ कि उनले आफ्नो सम्पत्तिको बाँडफाँट आफ्नो जेठी श्रीमतीका छोराहरु केतन र विवेकलाई जत्तिकै प्रियाको नाममा गरेका थिए । केतन र विवेक उनीसँग यसैकारण पनि रिसाएका थिए ।

जिन्दगीको अन्तिम तीन वर्ष रह्यो दर्दनाक

प्रिया राजवंशको जिन्दगीको अन्तिम तीन वर्ष अत्यन्त पिडादायी बनेको थियो । सन् १९९७ को ६ जुलाईमा चेतन आनन्दको निधन भयो । यसपछि उनको जीवन एक्लो हुन थाल्यो । साथै, चेतनको परिवारमा दबाब पनि बढ्न थाल्यो । उनी चेतनको सम्पत्तिकी बराबरीको हिस्सेदार थिइन् । जिन्दगीको अन्तिम २–साढे २ वर्ष यत्तिकै चिन्ता र तनावमा बित्यो । यस कुराको ठोकुवा उनले केही टिप्पणीमा समेत गरेकी थिइन् ।

सन् २००० को मार्च २७ मा फेला परेको थियो प्रियाको शवः

तर एकाएक प्रियाको शव मुम्बइको बंगलामा फेला प¥यो । हत्या कसरी भयो वा कहिले भयो भन्ने विषय बाहिरिएन । प्रहरीले चेतन आनन्दको छोरा केतन र विवेकलाई दुई सहयोगीहरु माला र अशोकलाई हत्याको आरोपमा हिरासतमा लिइयो । प्रियाले लेखेको नोट र चेतन आनन्दको उत्तराधिकारीलाई यसको आधार बनाइयो । तल्लो अदालतले चारैजनालाई सजाय सुनायो तर सन् २०२० को नोभेम्बरमा उनीहरुले  जमानत पाए । अपिल, जाँच र रहस्य आजसम्म पनि जारी छ तर प्रियाको हत्या कसरी भयो भन्ने विषयमा कसैलाई थाहा छैन । यस किसिमले प्रिया राजवंशको जिन्दगी एक परी कथाबाट हत्याको नसुल्झिएको गुत्थी बनेर रह्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप