चिनियाँ सहयोग र सम्झौतालाई कार्यान्वयनमा लैजाने विदेशमन्त्री वाङको प्रतिबद्धता

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच दुई पक्षीय सहयोग र सम्बन्धलाई निरन्तरता दिने बारेमा छलफल भएको छ । चिनिया विदेशमन्त्री वाङ यी र एमाले अध्यक्ष ओली नेतृत्वको टोलीबीच आइतबार भएको भेटवार्तामा दुवै पक्षबीच दुई पक्षीय मामलाका विषयमा धेरै कुराहरु भएको भेटमा सहभागी एमाले विदेश विभाग प्रमुख समेत रहेका राजन भट्टराईले जानकारी दिए ।
त्यसक्रममा चिनियाँ चिनियाँ पक्षले चिनियाँ सहयोग र सम्झौतालाई कार्यान्वयन गर्न प्रतिवद्ध रहेको जनाएको छ । भेटवार्तामा एमाले अध्यक्ष ओलीले नेपाल चीनबीच सम्झौता भएको बीआरआई परियोजना अघि बढाउन आग्रह गरेका थिए ।
‘भेटका क्रममा द्दिपक्षीय मामलाका धेरै विषयमा कुराहरु भए’, विदेश विभाग प्रमुख भट्टराईले भने, ‘नेपाल र चीन दुईवटा मुलुक अत्यन्त नजिकको छिमेकी र सौहार्दपूर्ण सम्बन्ध रहेका मित्र मुलुक पनि । नेपालको विकासको साझेदार मुलुक चीन हो’, वाङ यीसँगको भेटवार्तामा अध्यक्ष ओलीले भनेका थिए । अध्यक्ष ओलीले चिनियाँ पक्षसँग वीरआरआईसँग जोडिएका आयोजनाहरुलाई छिटोभन्दा छिटो अघि बढाएर पुरा गर्नुपर्नेमा जोड दिएका थिए । ‘वीरआरआईसँग जोडिएका आयोजनाहरुलाई छिटोभन्दा छिटो अघि बढाउनुपर्छ र पुरा गर्नुपर्नेछ । त्यसभित्र पर्ने रोड, रेल, सिञ्चाई, जलविद्युत, नाका सञ्चालन, स्वास्थ्य, शिक्षा सबै अगाडि बढाउँदा नेपालको आकाँक्षा सम्मृद्ध नेपाल सुखी नेपाली पुरा हुन्छ’, अध्यक्ष ओलीको भनाइ उदृत गर्दै भट्टराईले जानकारी दिए ।
त्यस्तै एमाले अध्यक्ष ओलीले कोरोनापछि बन्द भएका नाकाहरु खोल्न चीनमा अध्ययनरत नेपाली विद्यार्थीका समस्या सम्बोधन गर्न र हुम्लाभन्दा पारी समस्यामा परेका ५ सय मानिसहरूबारे अध्ययन गर्नुपर्नेमा जोड दिएका थिए । साथै दुई मुलुकका बीच अघि सार्न खोजेको हिमालय मल्टि डाइर्भसनका सन्दर्भमा समेत छलफल भएको थियो ।
जवाफमा चिनियाँ विदेशमन्त्री वाङले नेपालले राखेको चासोप्रति सकारात्मक रहेको बताएका थिए । ‘चिनियाँ नेतृत्वका तर्फबाट तत्कालिन चीन नेपालबीच भएको वीआरआई परियोजना छिटो कार्यन्वयनमा जानुपर्छ, पुराना प्रतिवद्धताप्रति चीन पछि हटेको छैन र त्यसमा निरन्तरता र प्रतिवद्धता छ । त्यसमा फरकपन आएको छैन’, वाङले एमाले नेतृत्वसमक्ष भनेको थियो । भेटवार्ताको अन्तिममा अध्यक्ष ओलीले कोभिड नियन्त्रणका लागि चीनले नेपाललाई गरेको सहयोगप्रति आभार प्रकट गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धार्मिक पर्यटकका लागि भक्तपुरको कलममसी आकर्षक गन्तव्य बन्नसक्छ : मन्त्री सिंह
-
गभर्नर नियुक्तिमा उमेर हद हटाउने मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
-
बिहिबारबाट चौथो ग्रामीण चलचित्र महोत्सव, सहभागीलाई बाँडियो प्रमाण पत्र
-
शिक्षा उपसमिति बैठक : विद्यालय शिक्षा विधेयकका थप २ दफामा छलफल
-
कर्मचारीहरुलाई मन्त्री दाहालले भने, ‘सुशासनयुक्त सेवा प्रवाह गर्नुस्’
-
चैत्र महिनामा १२ संघीय अस्पतालमा सेवा विस्तार