सांसद पदबहालीको माग गर्दै दायर रिटको सुनुवाइ राउत र चुडालको इजलासमा

person explore access_timeचैत १३, २०७८ chat_bubble_outline0

सांसद पद बहालीको माग गर्दै लुम्बिनी प्रदेशका पदमुक्त तीन सांसदले दायर गरेको रिटमा आइतबार सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र डा। कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइका लागि रिटको पेसी तोकिएको छ । 


रिट निवेदक विजयबहादुर यादव हुन् । १५ साउनमा उनी पदमुक्त भएका थिए । उनलाई जनता समाजवादी पार्टीको लुम्बिनी प्रदेश संसदीय दलले पार्टी निर्णयविपरीत तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएको भन्दै कारबाही गरेको थियो । कारबाहीपछि पदमुक्त गर्न प्रदेश संसद् सचिवालयलाई पत्राचार गरेको थियो । सोही अनुसार उनी पदमुक्त भए । 



पदमुक्त गर्ने प्रदेश संसद् सचिवालय लुम्बिनीको कदमविरुद्ध उनले १७ साउनमा रिट दर्ता गराएका थिए । रिटमार्फत् उनले सांसद पदबहालीको माग गरेका छन् ।  रिटको प्रारम्भिक सुनुवाइ गर्दै २५ साउनमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाले लुम्बिनी प्रदेश संसद् सचिवालयको नाममा कारण देखाउ आदेश जारी गरेका थिए । 



गत ७ चैतमा भने न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा.कुमार चुडालको संयुक्त इजलासले पूर्ण सुनुवाइ गर्नुपर्ने निर्णय गरेको थियो ।  यादवसँगै तत्कालीन जसपाका सांसदहरू सन्तोषकुमार पाण्डेय र कल्पना पाण्डेय पनि पोखरेल नेतृत्वको सरकारमा सहभागी भएर सरकार जोगाइदिएका थिए । 
 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।