शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

अनाथ बालबालिकालाई गायिकाको सहयोग

आइतबार, १३ चैत २०७८, १२ : २८
आइतबार, १३ चैत २०७८

पछिल्लो समय कलाकार आफ्नो जन्मदिन भोज भतेर गरेर भन्दा पनि समाजसेवा गर्दै अनाथ बालबालिकासँग मनाउन थालेका छन् । यस्तैमा चर्चित लोक गायिका भुमिका गिरीले पनि आफ्नो जन्मदिन अनाथ बालबालिकासँग बनाएकी हुन् । गिरीले शनिबार परेको आफ्नो जन्मदिन काठमाडौंंको मुलपानीमा रहेको स्नेहा आश्रम पुगेर अनाथ बालबालिकालाई खाद्यान्न, लत्ताकपडा र कापी कलम बाँड्दै मनाएकी हुन् ।

पछिल्लो ५ वर्षयता आफ्नो जन्मदिन यसैगरि मनाउने गरेकी गायिका स्नेहा आश्रम पुग्दा त्यहाँका बालबालिकाले खुसी देखिन्थे । गिरीको पछिल्लो समय लोक गीत ‘चोली मैलो भो’ चर्चामा छ । यस अगाडि उनका ‘तारा सङै जुन’ लगायतका थुप्रै गीतहरुले चर्चा पाएका थिए ।

अनावश्यक खर्च गर्ने रकमले बुबाआमा र आफन्त गुमाएका अनाथ बालबालिकालाई थोरै भए पनी राहत मिलोस् भन्ने भावनाले सहयोग गरेको गायिका गिरीले बताइन् ।​स्नेहा आश्रम कलाकार सुलेमान शंकर ‘इकु’ले संचालनमा ल्याएका हुन् । जसमा १४ जना अनाथ बालबालिका रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप