आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

रुसी हमला रणनीतिक रुपमा बिफल : बाइडेन

आइतबार, १३ चैत २०७८, १२ : १०
आइतबार, १३ चैत २०७८

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमाथि रुसी हमला मस्कोका लागि ‘रणनीतिक रुपमा बिफल’ भएको बताउँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शक्तिमा रहन नसक्ने बताएका छन् । राष्ट्रपति बाइडेनको टिप्पणीको रुसी प्रशासन क्रेमलिनले निन्दा गरेको छ । आफ्ना राष्ट्रपति छान्ने अधिकार आफूहरूलाई मात्र बताएको क्रेमलिनले जनाएको छ । 

युक्रेनलाई समर्थन गर्न विश्वका प्रजातन्त्रहरूलाई एकजुट हुन दबाब दिँदै एउटा ज्वलन्त भाषणमा राष्ट्रपति बाइडेनले पुटिनप्रति संकेत गर्दै भने, ‘भगवानका लागि यो मान्छे शक्तिमा रहन सक्दैन ।’

राष्ट्रपति बाइडेनको भनाईको विरोध गर्दै क्रेमलिनले अमेरिकाका बारेमा टिप्पणी गर्ने अधिकार नभएको रुसले जनाएको छ । ‘त्यसबारे निर्णय गर्ने अधिकार बाइडेनलाई छैन । रुसका राष्ट्रपतिलाई रुसी जनताले निर्वाचित गर्छन्’ क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले रोयटर्ससँग भने । 

रुसको प्रतिक्रियापछि अमेरिकी राष्ट्रपतिको कार्यलय ह्वाइट हाउसका एक अधिकारीले राष्ट्रपति बाइडेनले रुसमा शासन परिवर्तनका लागि आह्वान नगरेको तर त्यसको अर्थ ‘पुटिनलाई आफ्ना  छिमेकी वा क्षेत्रमा शक्ति प्रयोगका लागि अनुमति दिन नसकिने’ रहेको बताए ।

रुसी सेनाले पूर्वी सहर खार्किभमा रहेको आणविक अनुसन्धान भट्टीमा गोली चलाएको युक्रेनी संसद्को दाबी छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप