राजेश हमाल अभिनित ‘बिरानो सहरमा’ सार्वजनिक
आइतबार, १३ चैत २०७८, १२ : ०८
पछिल्लो समय अभिनेता राजेश हमाल म्युजिक भिडियोमा बाक्लै देखिन थालेका छन् । फिल्मका अफर कम हुन थालेपछि उनले म्युजिक भिडियोमा आफ्नो सक्रियता बढाएका हुन् । यस्तैमा हमाल अभिनित गीत ‘बिरानो सहरमा’ सार्वजनिक भएको छ । गजलकार शान्ती शर्माको शब्द तथा स्वरूप राज आचार्यको स्वर रहेको गीतमा दीपक जङ्गमको संगति छ ।
प्रेम, मिलन र बिछोडको आयाम देखाउन खोजेको भिडियो निशान घिमिरेले निर्देशन गरेका हुन् । भिडियोमा हमालको अलवा शान्ति शर्मा, सुशीला थापा, रोहित बस्नेत र नारायण अधिकारीको अभिनय छ ।
मुकेश हुमागाईको छायांकन रहेको भिडियो निर्देशक घिमिरेले नै सम्पादन गरेका हुन् । गीतमा संगीत संयोजन देबेन्द्र नेवाले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फागुनमै विवाह गर्दै अस्मिता र महेश
-
महाशिवरात्रिको तयारी पूरा, बिहान दुई बजेदेखि पशुपतिको चारै ढोका खुला गरिने
-
कांग्रेस–एमालेको काम रास्वपा र रविलाई लखेट्ने हो : सन्तोष परियार
-
डेलिभरी भ्यान अनियन्त्रित भएर घरकोआँगनभित्र छिर्यो, एकको मृत्यु
-
हिमालको फेदबाट सुशासन सिकाइरहेको नार्पाभूमि
-
स्पष्टीकरणमा परेसँगै कुलमानको विज्ञप्ति : मन्त्रीसँग म्याण्डेट लिइएको थियो