शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

९ किलोमिटर प्रचण्डपथ !

आइतबार, १३ चैत २०७८, १२ : ०३
आइतबार, १३ चैत २०७८

सडक र चौकको नाम बीपी मार्ग, मदन भण्डारी मार्ग, पुष्पलाल चौक इत्यादि त देखिएकै हो । यहीबीचमा सडकको नाम प्रचण्डपथ राखिएको समेत भेटियो । बारा जिल्लास्थित कलैया उपमहानगरपालिकाको भित्री गाउँमा सडकमा एउटा ट्राफिक सङ्केत फेला पर्‍यो– ‘प्रचण्डपथ चौक, १.६ किमी ।’ अर्थात्, प्रचण्डपथ चौकमा पुग्न अब १.६ किलोमिटर बाँकी छ ।  

 तीन वर्षअघि कालोपत्रे गरिएको यो सडकको नाम रहेछ – प्रचण्डपथ । वडा कार्यालय नजिकैको चौकको नाम राखिएको छ– प्रचण्डपथ चोक । प्रचण्डपथ चोकमा एउटा शिलालेखसमेत राखिएको छ, जसमा लेखिएको छ, ‘शहरी विकास मन्त्रालयको सहयोगमा मोतीसर बैराटपुर कोइरियाटोला भतौडा भवानीपुर सडक खण्ड लम्बाइ ९ किमीको शिलान्यास नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डज्यूद्वारा सुसम्पन्न भयो ।’

 प्रचण्डले प्रचण्डपथको शिलान्यास ०७५ साउन २० गते गरेको शिलालेखबाट प्रष्ट हुन्छ । ‘यहाँको ग्रामीण सडक प्रचण्ड प्रधानमन्त्री भएका बेला प्राप्त बजेटबाट माओवादीको पहलमा कालोपत्रे गरिएको हो’, नेकपा माओवादीका कलैया उपमहानगर कमिटी अध्यक्ष मुकेश साहले रातोपाटीसँग भने, ‘यस वडाको वडाध्यक्षसमेत माओवादीले नै जितेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप