चिनियाँ विदेशमन्त्री यी र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता, तस्बिरमा हेर्नुहोस्
आइतबार, १३ चैत २०७८, १२ : १५

चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले नेपाल भ्रमणको अन्तिम दिन राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन् । विदेशमन्त्री यीले आईतबार राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
विदेशमन्त्री याङयीसँग एमाले नेताहरु अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र विदेश विभाग प्रमुख राजन भट्टराईले भेटवार्ता गरेका हुन् । एमाले नेतासँगको भेटवार्तापछि र यीले माओवादी अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले भेटवार्ता गरेका हुन् ।
यीले राष्ट्रपति भण्डारीलाई राष्ट्रपति कार्यालय र नेताहरुलाई काठमाडौको मेरियट होटलमा भेटवार्ता गरेका हुन् । यी नेतृत्वको टोली तीन दिने नेपाल भ्रमण सकेर आजै साँझ स्वदेश फर्कँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते