आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रपति भण्डारी र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता, तस्बिरमा हेर्नुहोस्

आइतबार, १३ चैत २०७८, ११ : ५१
आइतबार, १३ चैत २०७८

चिनियाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन् । आइतबार बिहान विदेशमन्त्री वाङ र राष्ट्रपति भण्डारीबीच शीतल निवासमा भेटवार्ता भएको हो । भेटवार्तामा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी लगायत सहभागी रहेका थिए । 

यसअघि शनिबार विदेशमन्त्री वाङ र परराष्ट्रमन्त्री डा.नारायण खड्काबीच भेटवार्ता भएको थियो । भेटवार्ताका क्रममा दुई देशबीच ६ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

विदेशमन्त्री वाङले शनिबारै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए । भेटवार्ताका क्रममा विदेशमन्त्री वाङले प्रधानमन्त्री देउवालाई निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको चाबी हस्तान्तरण गरेका थिए ।

३ दिने नेपाल भ्रमणमा रहेका विदेशमन्त्री वाङ आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप