देशभक्ति गीत ‘यही माटोमा’ बजारमा

प्रगतिवादी साहित्यकार तथा गीतकार आविष्कार कलाले शब्दमार्फत् देशको पीर, मर्का र वर्तमान अवस्थालाई समेटेर देशभक्ति गीत लिएर आएका छन् ।
गीतको बोल रहेको छ– ‘यही माटोमा’ । जनगायक जीवन शर्माले ‘यही माटो’मा स्वरसँगै संगीत भरिदिएका छन् । भिडियो गीतको एरेन्ज नारायण दंगालले गरेका छन् भने एडिटिङ तुलसी बास्कटोले गरेका छन् । उक्त गीत जनगायक शर्माको आफ्नै युट्युब च्यानल मार्फत हेर्न सकिने छ ।
कुल ४ मिनेट ४४ सेकेन्डको भिडियोमा नेपालको सुन्दर प्रकृतिक वातावरण, भाषा, संस्कृति, नेपाली समाजमा फैलिएको विकृति, देशको आर्थिक स्थिति रेमिट्यान्समा निर्भरता धन कमाउन गएका युवा लासको बाकसमा फर्कनु पर्ने हृदयविधारक अवस्थालाई प्रष्ट रुपमा चित्रण गरिएको छ ।
गीतले विशेषगरी नेपाली युवाहरु विदेशिनु पर्ने तितो यथार्थलाई मार्मिक ढंगले भनेको छ । बरु देशमै यसको विकल्प खोजी मीठो मसिनो खाएर जिउन गीतले सन्देश दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा
-
१० बजे १० समाचार : शान्तिपूर्ण रह्यो राप्रपाको सभा, तीनकुने घटनामा पक्राउ पर्ने क्रम जारी
-
चलचित्र सेन्सर बोर्डको सदस्यमा श्रेष्ठ नियुक्त
-
एनएसएल फुटबलमा काठमाडौँ रेजर्सको पहिलो जित