चिनियाँ विदेशमन्त्री वाङ र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, तस्बिरमा हेर्नुहोस्
आइतबार, १३ चैत २०७८, ११ : २७

चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राजधानीको मेरियट होटलमा विदेशमन्त्री वाङले अध्यक्ष ओलीसहितका एमाले नेताहरुसँग भेटवार्ता गरेका हुन् ।
भेटवार्तामा एमाले अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, एमाले विदेश विभाग प्रमुख डा.राजन भट्टराई लगायतका नेताहरु सहभागी रहेका छन् ।
एमाले नेताहरुसँगको भेटलगत्तै विदेशमन्त्री वाङले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दैछन् ।
३ दिने नेपाल भ्रमणमा आएका विदेशमन्त्री वाङ आज स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा वायु प्रदूषणको अवस्था गम्भीर बन्दै, नियन्त्रणका लागि भएन पहल
-
स्थानीय ‘सम्पदा’ संरक्षणमा जुटे घरपझोङका युवा
-
नागरिक एप निर्देशिका खारेज लगायत मन्त्रिपरिषद् बैठकले गर्यो यी १३ निर्णय
-
राप्रपाको बिरोध सभामा सहभागीहरू भन्छन्, राजा पक्का फर्किन्छन्
-
नेपाल वेद र बुद्ध दुवैको भूमि हो, मौलिक सभ्यतालाई पुनर्जागरण गर्न गुरुकुलतर्फ लाग्नुपर्छ : संस्कृति मन्त्री
-
सरकारले वार्तामा बोलाएपछि शिक्षक महासंघ समिक्षा बैठक गर्दै