सानेपामा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु
आइतबार, १३ चैत २०७८, ११ : २५
ललितपुरको सानेपामा शनिबार राति मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा एक जना प्रहरी कर्मचारीको मृत्यु भएको छ । सोही दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा धादिङ घर भई हाल महानगरीय प्रहरी वृत्त चापागाउँमा कार्यरत प्रहरी जवान नविन न्यौपाने रहेका छन् ।
गम्भीर घाइते भएका न्यौपानेको उपचारको क्रममा सानेपा स्थित स्टार अस्पतालमा राती सवा २ बजे मृत्यु भएको हो । दुर्घटनामा घाइते हुनेमा तनँहुको आबु खैरेनी घर भई हाल महानगरीय प्रहरी वृत्त सातदोबाटोमा कार्यरत प्रहरी जवान सुमन कुमार सिंह रहेका छन् । उनको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । न्यौपाने र सिंह सवार रहेको बा ८३ प ८९८५ नम्बरको मोटरसाइकल गएराती सवा १ बजे नियन्त्रण गुमाएर पल्टिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी अरबको बिन याला एक्सचेन्ज र नेपाल रेमिटबिच सम्झौता
-
शक्ति र सत्ताको दुरुपयोग गरेर बजेट विनियोजन भयो : सांसद रोकाय
-
ज्याक्सन इन्डियाको नेपाल वितरकमा टाइम्स् मानसिरी नियुक्त
-
युवाको विदेशपलायन रोक्न स्टार्टअप उद्यमलाई प्रोत्साहन दिऔँ : सांसद शाक्य
-
समयको आवश्यकता र औचित्यका आधारमा बजेट वितरण भएको छ : अर्थमन्त्री पुन
-
प्रभु बैँक र होटल हिमालयबिच छुट सम्झौता