बेलायतकी विदेशमन्त्रीले भनिन्, ‘रुसको सेना फिर्ता भए प्रतिबन्ध हटाइने’
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि हमला रोक्छन्, रुसी सैनिक फिर्ता जान्छन् र अब उप्रान्त कुनै हमला नगर्ने बचन दिन्छन् भने यस्तो अवस्थामा रुसी ओलिगार्क, बैंक र व्यावसायीमाथि लगाइएको प्रतिबन्ध हटाउन सकिने बेलायतले सम्भावना व्यक्त गरेको छ ।
बेलायतकी विदेश मन्त्री लिज ट्रसको यो टिप्पणी अब सार्वजनिक भएको छ । ट्रसले सन्डे टेलिग्राफ न्यूजपेपरसँगको कुराकानीमा रुसी राष्ट्रपतिले पुनः हमला गर्छन् भने प्रतिबन्धको खतरा यथावत् रहने बताएकी छिन् ।
उनका अनुसार सम्भावित शान्ति वार्तामा सहयोगका लागि बेलायतको विदेश मन्त्रालयमा कुराकानीका लागि एउटा टिम बनाइएको छ ।
स्मरण रहोस्, अमेरिका, बेलायत र युरोपेली संघले हालसम्म एक हजार रुसी जनता र व्यापारीमाथि प्रतिबन्ध लगाएको छ ।
यसै हप्ता रुसले आफ्नो सैन्य अभियान युक्रेनको पूर्वी भागमा केन्द्रीत राख्ने घोषणा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्दीपुर भ्रमण वर्षको प्रचारप्रसार गर्दै गाउँपालिका
-
सकियो सम्झौता अवधि, सकिएन करिडोरको काम
-
धमाधम नयाँ फिल्म घोषणा, तर राम्रो छैन विगतको रेकर्ड
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा