सुनचाँदीको मूल्य स्थिर
आइतबार, १३ चैत २०७८, ११ : १८

आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार कारोबार भएकै मूल्यमा आज सुन र चाँदीको मूल्य कायम भएको हो । जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।
गत शुक्रबार सुनको मूल्यमा ६०० को वृद्धि आएको थियो । तोलामा ६०० रुपैयाँले बढेसँगै छापावाल सुनको मूल्य १ लाख ९ सय र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ सय रुपैयाँ कायम थियो । जुन, आजकै मूल्य हो ।
यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १४ सय रुपैयाँ छ । गत साताको अन्तिम कारोबार दिन शुक्रबार पनि चाँदीको मूल्य यही कायम थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाले पनि गर्यो पाकिस्तान दूतावास अगाडि प्रदर्शन
-
ट्रम्पले दाबी गरे पनि अमेरिकासँग व्यापार वार्ता नभएको चीनको दाबी
-
आधुनिक नेपाल एकीकरण अभियानका बडाकाजी अमरसिंह थापा
-
रातो मच्छिन्द्रनाथ रथारोहणका लागि तयारी तीव्र (तस्बिरहरु)
-
गणतन्त्र बलियो बनाउनु नै आजको आवश्यकता
-
२० करोड बराबरको यार्सागुम्बा निर्यात