आईपीएलमा आज दुई खेल
इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट आज आइतबार दुई खेल हुँदैछन् । शनिबारबाट सुरु भएको प्रतियोगिताको दोस्रो दिन दुई खेल हुन लागेको हो । प्रतियोगिताको पहिलो खेलमा कोलकाता नाइड राइडर्सले चेन्नई सुपर किङ्सलाई ६ विकेटले हराएको थियो ।
आइतबार हुने पहिलो खेलमा दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुनेछ । मुम्बईमा हुने दुई टोलीबीचको खेल दिउँसो ३ः ४५ बजे सुरु हुनेछ । रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बई खेलमा जित निकाल्दै नयाँ सिजनमा आफ्नो बलियो दावेदारी पेश गर्न चाहन्छ ।
मुम्बई आईपीएलको सर्वाधिक च्याम्पिनय टोली हो । रिशव पन्तको कप्तानीमा मैदान उत्रने दिल्ली क्यापिटल्स पनि सहज जितसँगै प्रतियोगितामा आफूलाई बलियो सावित गर्ने योजनामा छ । आज नै हुने दोस्रो खेलमा पन्जाब किङ्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ । पन्जाब र बैंगलोरबीचको खेल राति ७ः ४५ बजे सुरु हुनेछ ।
यस पटकको आईपीएलमा १० टोलीको सहभागिता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन