बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अफगानिस्तानमा स्कूल खोल्नुपर्ने माग गर्दै महिला–बालिकाको प्रदर्शन

आइतबार, १३ चैत २०७८, ११ : ०७
आइतबार, १३ चैत २०७८

महिलाको लागि स्कूल खोल्नुपर्ने माग गर्दै अफगानिस्तानमा विरोध प्रदर्शन भइरहेको छ ।

काबुलमा भएको यो विरोध प्रदर्शनमा धेरैजसो महिला तथा बालिकाले भाग लिएका थिए । उनीहरुले आफ्नो हातमा पम्प्लेटहरू बोकेका थिए जसमा स्कूल खोल्नुपर्ने माग र ‘शिक्षा हाम्रो अधिकार हो’ भन्ने जस्ता नारा लेखिएका थिए ।

प्रदर्शनकारीको यो समूहले शिक्षा मन्त्रालय बाहिर प्रदर्शन गरे ।

यो प्रदर्शन तालिबानको सशस्त्र बलको अगाडि चलिरहेको थियो तर उनीहरुलाई कुनै हस्तक्षेप भने गरिएको थिएन । तालिबानले पहिला प्रदर्शन रोक्ने गर्दथे र प्रदर्शनमा भाग लिनेहरूलाई हिरासतमा लिइन्थ्यो तर यसपटक प्रदर्शन जारी राख्न दिइयो ।

प्रदर्शनमा उपस्थित एक महिला शिक्षकले बीबीसीसँग भनिन्, ‘जब स्वतन्त्रताका लागि र जुन बालबालिका स्कूल जान चाहन्छन्, उनीहरुका लागि उभिने कुरामा म त मर्नका लागि पनि तयार छु ।’

उनले भने, ‘हामी आफ्ना बालबालिकाको शिक्षाको हकका लागि यहाँ छौँ । अधिकार बिना त हामी पहिले नै मरिसकेका छौँ ।’

आफ्नो निर्णयमा उल्टिए तालिबानः

अघिल्लो वर्ष अगस्टमा जब तालिबानले अफगानिस्तानमा कब्जा जमाए तब बालबालिकाको प्राथमिक स्कूल खोलिएको थियो तर माध्यमिक स्कूलका विद्यार्थीलाई कक्षाकोठामा जान अनुमति दिइएको थिएन ।

हालै तालिबानले माध्यमिक तहका छात्राका लागि पनि स्कूल खोल्नका लागि घोषणा गरेका थिए तालिबानको केन्द्रीय नेतृत्व यो निर्णयबाट विमुख भए ।

 


वास्तवमा, त्यहाँका शिक्षा मन्त्रालय छात्राका स्कुलसमेत देशका सबै स्कूल बुधबार खोलिने घोषणा गरेका थिए । तर अब ‘छात्राका सबै स्कूल र ती स्कूल जसमा किशोरी पढ्छन्, अर्को आदेश नआएसम्म बन्द रहनेछन्’ भन्ने घोषणा गरिएको छ ।

नोटिसमा किशोरीका लागि युनिफर्म निश्चित गरेपछि मात्रै स्कूल खोलिने र यो युनिफर्म शरियत कानुन र अफगानी परम्परामा आधारित हुने बताइएको छ । तर युनिफर्मको कुरा उठाएर स्कूल नखोल्ने निर्णयमा थुप्रै परिवार रुष्ट छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप