शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

आइतबार, १३ चैत २०७८, १० : ५६
आइतबार, १३ चैत २०७८

नेपाल राष्ट्र बैंककाअनुसार आज आइतबार विदेशी मुद्राको नेपाली विनिमयदर अमेरिकी डलर एकको खरिदर १२१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १२२ रुपैयाँ २२ पैसामा रहेको छ ।  यस्तै युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ८५ पैसा र विक्रीदर १३४ रुपैयाँ ५२ पैसा रहेको छ भने पाउन्ड स्टललिङ एकको खरिददर १६० रुपैयाँ १७ पैसा र बिक्रीदर १६० रुपैयाँ ९६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ३७ पैसा र बिक्रिीदर ९१ रुपैयाँ ८२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४७ पैसा रहेको छ ।  यता जापानी यन आज १० बराबर नेपाली १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ ०५ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ११ पैसा र बिक्रीदर १९ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

यता साउदी अरवियन रियाल आज एकको खरिददर ३२ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५८ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिददर ३३ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप