माधव नेपालको प्रश्न : बालुवाटारमा केपी ओलीले बंकर किन बनाए ?

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा घरसँगै बंकर पनि बनाएको बताएका छन् । आइतबार समाजवादी प्रेस संगठन नेपालको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओली प्रधानमन्त्री हुँदा बालुवाटारमा बंकर बनाएर राष्ट्रपति, प्रधानसेनापति र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग बारम्बार भेट्दै संसद विघटनलगायतका षड्यन्त्र बुनेको बताएका हुन् ।
‘उनले (केपी ओली) ले त्यहाँ घर बनाए । घरमा बंकर पनि बनाएका छन् । बंकर किन बनाएका होलान त ?’अध्यक्ष नेपालले प्रश्न गर्दै भने, ‘नेपाली सेनाका प्रधानसेनापति र राष्ट्रपतिसँग बसेर धेरैपटक गोप्य कुराकानीहरू भए ।’
अध्यक्ष नेपालले ओलीको दिमागमा जसरी पनि चुनाव गराउने र ठटाउने गरी सेटिङ गरेको बताए ।
‘प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासँग हप्ताको दुई दिन बालुवाटारमा भेटेर, स्थानीय चुनावमा कुन–कुन न्यायाधीशलाई कहाँ कहाँ खटाउनेदेखि प्रहरीका मान्छेलाई बोलाएर कुन प्रहरीलाई कहाँ खटाउने सबै वर्कआउट भैसकेको थियो’, पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले ओलीको संसद विघटन प्रकरणबारे बताए ।
ओलीका त्यस्ता योजनाहरु आफुले थाहा पाएको समेत दावी गरे । उनले ओलीले सधैं हावादारी कुरा गरेर गोयवल्स शैलीमार्फत कुप्रचार गर्ने गरेको भन्दै सबै कुरा छाडेर व्यक्तिवाद हुँदै निरंकुशतन्त्रमा परिणत गरेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शंखमुलमा शव फेला
-
यी हुन् एक हजार दर्शक पनि नपाएका ११ नेपाली फिल्म
-
पूर्व राजालाई जति धोए पनि सफा बनाउन सकिँदैन : गगन थापा
-
हेरिटेज वाकको काम प्रभावकारी नभएको भन्दै उपप्रधानमन्त्री सिंहले जनाए असन्तुष्टि
-
वार्ता र संवादद्वारा एकताको वातावरण बनाउन एनआरएन अभियन्ता शर्माले गरे अपिल
-
मेस्सीको दुई गोलसँगै इन्टर मियामी ककाकाफ च्याम्पियन्स कपको सेमिफाइनलमा