शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पार्टीमा आकर्षण बढ्दैछ: माधव नेपाल

आइतबार, १३ चैत २०७८, १० : ३०
आइतबार, १३ चैत २०७८

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीमा प्रवेश गर्नेहरूको लहर रहरलाग्दो भएको बताएका छन् । पार्टीको संगठन विस्तार जारी रहँदा पार्टीमा मानिसहरू जताततै संगठित भइरहेको बताए ।

समाजवादी प्रेस संगठन नेपालको प्रथम विस्तारित बैठकलाई आइतबार बिहान सम्बोधन गर्दै पार्टी संगठनप्रति मानिसहरूको आकर्षण भइरहेको दाबी गरे । यसलाई सकारात्मक पक्ष भन्दै उनले समाजवादी प्रेस संगठनले तत्काल समाचारको माध्यमबाट सन्देश सम्प्रेषण गर्न सुझाव दिएका छन् । 

पार्टीलाई निर्वाचनमा जिताउन सहयोग गर्न पनि आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप