बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

प्रदेश १ को संसद् बैठक बस्दै

आइतबार, १३ चैत २०७८, ०८ : ३५
आइतबार, १३ चैत २०७८

प्रदेश १ संसद्को बैठक आज पनि बस्दै छ । संसद् भवन विराटनगरमा दिउँसो १ बजे बस्ने बैठकमा ‘प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विद्येयक’ माथि सैद्धान्तिक छलफल हुने भएको छ । ​विद्येयकमाथि बिहीबारदेखि छलफल भइरहेको प्रदेश सभा सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिए । 

बैठकमा सांसदहरूले प्रदेशको नामकरण छिटो टुङ्ग्याउनुपर्ने भन्दै दबाब दिँदै आएका छन् । प्रदेश सभा गठन भएको चार वर्ष बितिसकेको छ । तर, अझैसम्म प्रदेश १ नामबिहीन छ । 

पहिचानको आधारमा नामकरण हुनुपर्ने मत उक्त प्रदेशमा बलियो छ । प्रदेशको नामको रूपमा भने किरात, लिम्बुवान, सगरमाथा, कोसी, किरात–सगरमाथा, किरात–कोसी आएका छन् । 

प्रदेश संसद्मा रहेकामध्ये अधिकांश सांसद किरातसँग सगरमाथा र कोसी जोड्नुपर्ने पक्षमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप