शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

तेस्रो लिङ्गी मतदाता १ सय ७२ थिए, अब कति बढलान ?

आइतबार, १३ चैत २०७८, ०८ : १५
आइतबार, १३ चैत २०७८

निर्वाचन आयोगमा तेस्रो लिङ्गी मतदाताको रुपमा १ सय ७२ जनाले नाम दर्ता गराईसकेको भए पनि आज सार्वजनिक गर्ने मतदाता नामावलीमा थप बढने संकेत देखिएको छ । तेस्रो लिङ्गीको हकहितका लागि काम गरिरहेका संस्थाहरुले मतदाता परिचय पत्रमा तेस्रो लिङ्गी लेख्न अभियान र जागरुकता बढाएका कारण बढन सक्ने अनुमान निर्वाचन आयोगले गरेको छ ।

गत ५ पुससम्म निर्वाचन आयोगमा १ सय ७२ जनाले आफुलाई तेस्रो लिङ्गीको पहिचान खुलाएर नाम दर्ता गराएको रेकर्ड कायम छ ।  ५ पुससम्म १ करोड ६२ लाख ४३ हजार १ सय १० जनाको मतदाता नामावलीमा रेकर्ड रहेको थियो । जसमध्ये ८२ लाख ११ हजार ९ सय ५४ जना पुरुष छन् भने ८० लाख ३० हजार ९ सय ८४ जना महिला छन् । 

आयोगले फागुन अन्तिमसम्मको म्याद राखेर पुनः नामावली उल्लेख गर्न आह्वान गरेअनुसार आज सार्वजनिक हुने मतदाता नामावलीको संख्या झन्डै २ लाख बढने प्रक्षेपण गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप