शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जर्मनीको सहज जित, बेल्जियम रोकियो

आइतबार, १३ चैत २०७८, ०८ : ०७
आइतबार, १३ चैत २०७८

जर्मनीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सहज जित निकालेको छ । काई हाभर्टज र टिमो वेर्नरको गोलमा जर्मनीले इजरायललाई जर्मनीले २–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा जर्मनीलाई जित दिलाउन खेलको ३६औं मिनेटमा काई हाभर्टजले गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

पहिलो हाफको इन्ज्युरी समयमा टिमो वेर्नरले गोल गर्दै जर्मनीको २–० गोलको जित दिलाए ।  दोस्रो हाफको अन्त्यतिर दुवैले पेनाल्टी चुकाएका थिए । ​८९औं मिनेटमा थोमस मुलर पेनाल्टीमा चुक्दा इन्ज्युरी योनेटान कोहेन पनि पेनाल्टीमा गोल गर्न सकेनन् । 

त्यस्तै अर्काे मैत्रीपूर्ण खेलमा बेल्जियमले आयरल्यान्डसँग २–२ गोलको बराबरी खेलेको छ । बेल्जियमका मिचे बात्सुयाई र हान्स भानाकेनले गोल गरे । उता आयरल्यान्डका लागि  चिडोजे ओग्वेने र एलान ब्राउनले बराबरी गोल फर्काए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप