सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

आईपीएल : कोलकाताको सुखद सुरुवात

शनिबार, १२ चैत २०७८, २३ : २७
शनिबार, १२ चैत २०७८

कोलकाता नाइड राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा सुखद सुरुवात गरेको छ । शनिबार भएको उद्घाटन खेलमा साविकको विजेता चेन्नई सुपर किङ्सलाई ६ विकेटले हाराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको हो । 

वान्खाडे स्टेडियममा चेन्नईले दिएको १३२ रनको लक्ष्य पछ्याएको कोलकाताले १८ ओभर ३ बलमा ४ विकेट गुमाउँदै १३३ रन बनायो ।  कोलकाताका लागि अजिङ्गे हरानेले सर्वाधिक ४४ रनको योगदान गरे । ३४ बल खेलेका उनले ६ चौका र १ छक्का प्रहार गरे । 

कोलकाताका साम विलिङ्सले २५ रन बनाउँदा नितिश रानाले २१ रन तथा श्रेयस यैरले २० रनको योगदान गरे ।  बिलङतर्फ चेन्नईका लागि डुइन ब्राभोले तीन विकेट लिए । त्यस्तै मिचल स्टेनरले एक विकेट हात पारे ।  यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १३१ रन बनाएको छ । 

चेन्नईका लागि मेहेन्द्र सिंह धोनीले ५० रनको अर्धशतकीय पारी खेलेको थियो । ३८ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरे  । रोविन उथपाले २८ रन बनाउँदा कप्तान रवीन्द्र जडेजाले नटआउट २६ रन जोडे । 
बलिङतर्फ कोलकाताका लागि उमेश यादवले दुई विकेट लिए । त्यस्तै वरुन चक्रवर्ती र आन्द्र रशलले एक–एक विकेट लए । 

जितसँगै कोलकाताले प्रतियोगिताको पहिलो खेलमा २ अंक जोडेको छ । पराजित कोलकाताले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप