‘भवन कीर्ति रत्न‘ पुरस्कार महावीर पुनलाई
गैरआवासीय नेपाली संघ र बीबी फाउन्डेसनको संयुक्त पहलमा नेपालकै ठूलो धनराशिको पुरस्कार महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिएको छ । नेपालको विकासमा महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रले पुर्याएको योगदानको कदरस्वरुप गैरआवासीय नेपाली संघ तथा बीबी फाउन्डेसनद्वारा संयुक्त रुपमा अक्षरेपी एक करोड रुपैयाँको ‘भवन कीर्ति रत्न‘ पुरस्कार प्रदान गरिएको हो ।
बीबी फउण्डेसनका अध्यक्ष तथा टीबीआई ग्रुपका अध्यक्ष एवं गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले शनिबार १० औं सम्मेलनका अवसरमा उक्त पुरस्कारको घोषणा गरेका हुन् । हरेक दुइ दुई वर्षमा प्रदान गरिने ‘भवन कीर्ति रत्न‘ पुरस्कार गैर आवासीय नेपाली संघको १० औं सम्मेलनका अवसरमा प्रथम पटक प्रदान गरिएको हो ।
गैर आवासीय नेपाली संघको अभिभावकत्वमा पुरस्कारको कार्यविधि बनाएर बीबी फाउण्डेसनले नेपाल तथा नेपालीको लागि योगदान गर्ने नेपाली वा गैर आवासीय नेपाली ब्यक्ति वा संस्थालाई गैरआवासीय नेपाली संघको सम्मेलनको अवसरमा प्रदान गरिने बीबी फाउण्डेसनले जनाएको छ ।
बीबी फाउन्डेसनका अध्यक्ष तथा टीबीआई ग्रुपका अध्यक्ष एवं गैरआवसीय नेपाली संघका पूर्व अध्यक्ष भवन भट्टले नेपाली समाजको परिवर्तन गर्न खोजिरहेका सबै सकारात्मक उर्जालाई जोड्न यस पुरस्कारले भूमिका खेल्ने बताए ।
‘
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी