शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

बागमती गाउँपालिकाले उचाल्यो फुटसल प्रतियोगिताको ट्रफी

शनिबार, १२ चैत २०७८, २० : ४५
शनिबार, १२ चैत २०७८

ललितपुरको बागमती गाउँपालिकाले स्थानीय सरकार र पत्रकार बीचको फुटसल प्रतियोगिताको ट्रफी जितेको छ ।  नेपाल पत्रकार महासंघ ललितपुर शाखाको आयोजनामा शनिबार भएको प्रतियोगितामा महांकाल गाउँपालिकालाई ८–४ गोलले पराजित गर्दै बागमतीले उपाधि जितेको हो ।

महाँकाल गाउँपालिका उप–बिजेता बन्यो  
कुमारिपाटीस्थित निर्वाण स्कुलको फुटसल मैदानमा भएको प्रतियोगितामा ललितपुरका ६ वटै स्थानीय तह र पत्रकार महासंघ ललितपुरका दुई टीम सहभागी थिए। पत्रकार महासंघ ललितपुरको ३० औं स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको प्रतियोगिताको खेलकुद मन्त्री  महेश्वरजंग गहतराजले उद्घाटन गरे। उद्घाटनमा मन्त्री गहतराजले जनप्रतिनिधिले गर्नुपर्ने कार्यक्रम महासंघले गरेको आभार व्यक्त गरे।

जनप्रतिनिधि  र पत्रकारबीच हुने प्रतियोगिताले सम्बन्ध थप मजवुत हुने मन्त्रीको भनाई छ।  महालक्ष्मी नगरपालिकाका १ का वडाध्यक्ष वडासदस्य नन्दप्रसाद न्यौपानेले प्रतियोगिता राखेकोमा खुसी लागेर सहभागिता जनाएको बताए । ‘स्थानीय तहका जनप्रतिनिधिसँग जोडिनेगरी यो प्रतियोगिता हुनु खुसीको कुरा हो ?, न्यौपानेले भने, ‘यस्ता कार्यक्रमले समग्र खेल क्षेत्रमै महत्त्वपूर्ण योगदान पुग्छ।’

महासंघ ललितपुरका अध्यक्ष सागर न्यौपानेले प्रतियोगिताले पत्रकार र जनप्रतिनिधिबीच सम्बन्ध बिस्तार त हुन्छ नै सधैं काम गर्ने जनप्रतिनिधि र पत्रकारलाई खेलसँग पनि जोडेको बताए। बिदाइ हुँदै गरेका जनप्रतिनिधिसँग सम्झिरहने माध्यम पनि बन्ने अध्यक्ष न्यौपानेको विश्वास छ। 

प्रतियोगितामा ललितपुर महानगरपालिका बागमती गाउँपालिका, महाँकाल गाउँपालिका, कोन्जोसोम गाउँपालिका, गोदावरी नगरपालिका र पत्रकार महासंघका गरी ८ टिम सहभागी थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप