सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

टिममा धेरै कुरा सुधार गर्नु पर्नेछ : सन्दीप

शनिबार, १२ चैत २०७८, २२ : ५०
शनिबार, १२ चैत २०७८

नेपाली राष्ट्रिय क्रिकेट टोलीले कप्तान सन्दीप लामिछानेले टिममा धेरै कुराको सुधार गर्नु पर्ने समय आएको बताएका छन् । ​पपुवा न्युगिनी (पीएनजी)विरुद्धको सिरिजमा पराजित भएपछि पत्रकारहरूसँग बोल्दै उनले टिममा धेरै कुरा सुधार गर्नु पर्ने समय आएको बताए । 

‘टिममा धेरै कुरा सुधार गर्नु पर्ने समय आएको छ । हामी अझै धरै कुराहरू सिक्दैछौ । खेल हो सधैँ राम्रो हुन्छ भन्ने पनि छैन । तर, सुधार गर्नु पर्ने कुराहरू धेरै छन्,’ सन्दीपले भने । सन्दीपले पीएनजीविरुद्ध जित निकाल्न नसकेको समर्थकहरूसँगै आफू पनि दुःखी भएको बताए । अब आउने टी–ट्वान्टी सिरिजमा बेग्लै रणनीति बनाएर आउने बताए । 

‘आजको नतिजा प्रति दुःखी छु । टी–ट्वान्टी सिरिजमा बेग्लै रणनीति बनाएर टिम प्रस्तुत हुनेछ । त्यसको लागि तयारी अवस्थामा छौँ,’ सन्दीपले भने । सन्दीपले दीपेन्द्र सिंह ऐरी र देव खनालको प्रदर्शनले नेपाली टोलीलाई खुसी दिलाएको बताए । दुई खेलाडीको प्रदर्शनले टिममा सकारात्मक ऊर्जा आएको बताए । 

नेपाली टोलीका प्रशिक्षक पुबुदु दशानायकेले टिमको नतिजा सकारात्मक नआए पनि नेपाली टोलीको प्रदर्शनमा सुधार आएको बताए । ‘हामीले नतिजा निकाल्न सकेनौँ । टिमले नतिजा निकाल्न सकेन त्यसमा म दुःखी छु । तर, युवा खेलाडीको प्रदर्शनले नेपाली टोलीमा सकारात्मक ऊर्जा निस्कनेछ । त्यसले नेपालले खेल्ने पछिल्ला खेलहरूमा सहयोग हुनेछ,’ पुबुदुले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप