सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सलोम एग्रिकल्चर पाँचौँ राष्ट्रिय कृषि यान्त्रीकरण सम्पन्न, ७५ हजारले गरे अवलोकन

शनिबार, १२ चैत २०७८, १९ : ५२
शनिबार, १२ चैत २०७८

चितवनको भरतपुर एक्स्पो सेन्टरमा जारी सलोम एग्रिकल्चर राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी शनिबार सम्पन्न भएको छ । प्रदर्शनीमा नेपालको कृषि तथा पशुपालन क्षेत्रलाई यान्त्रीकरण, आधुनिकीकरण, व्यवसायीकरण, तथा औद्योगिकरणमा टेवा पुर्‍याउन कृषि, पशुपालन र नयाँ कृषि यन्त्र तथा उपकरण सम्बन्धी प्रविधिको प्रदर्शनी गरिएको थियो। 

नेपाल कृषि मेसिनरी व्यवसायी संघले आयोजना गरेको चार दिने मेलाको ७५ हजार भन्दा बढीले अवलोकन गरेको उपाध्यक्ष एवं मेला संयोजक उमेश नारायण मानन्धरले जानकारी दिए । यो वर्षको प्रदर्शनीको मुख्य प्रायोजकको रूपमा सलोम एग्रिकल्चर रहेको थियो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा रहेका प्रतिष्ठित कम्पनीको सहभागिता रहेको प्रदर्शनीमा १५० भन्दा बढी प्रदर्शनकर्ता एवं २० भन्दा बढी मुलुकमा उत्पादित २ हजार भन्दा बढी उपकरणहरू राखिएको थियो । प्रदर्शनी अन्तर्गत पहिलो पटक कृषि कर्जा मेलाकोसमेत सम्पन्न भएको छ। मेड इन नेपाल प्याभिलियनसमेत मेलाको प्रमुख आकर्षणको रूपमा देखियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप