शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओलीलाई नेपालको व्यङ्ग्य : ‘दुःख पाइस् मङ्गले आफ्नै ढङ्गले’

'नेपालको कम्युनिस्ट आन्दोलनमा ओली नामका गोर्भाचेभ जन्मिए'
शनिबार, १२ चैत २०७८, २२ : २१
शनिबार, १२ चैत २०७८

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली सबैतिरबाट एक्लिनुको करण उनी आफ्नै प्रवृत्ति रहेको आरोप लगाएका छन् । शनिवार पार्टीको गुल्मी जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले केपी ओली कै निरङ्कुश प्रवृत्तिका कारण दुई तिहाइ सरकारको नेतृत्वबाट उनी बाहिरिनु परेको र सबै प्रदेशबाट पनि एमाले निस्कनु परेको बताएका हुन् ।

उनले भने, ‘एउटा उखान छ नि ? ‘दुःख पाइस् मङ्गले आफ्नै ढङ्गले । पार्टीलाई साथमा लिएर गएको भए , जनताको विश्वासको जगेर्ना गरेको भए, पार्टीका नेताहरूलाई साथमा लिएर अगाडी बढेको भए पार्टीको विचारलाई आत्मसात् गरेको भए अहिले यस्तो अवस्था आउँथ्यो ? उनले यस्तो प्रतिप्रश्न गदै थपे रुसमा यस्तै तानाशाह गोर्भाचेभ जन्मिएका थिए, नेपालको कम्युनिस्ट आन्दोलनमा पनि केपी ओली नामका गोर्भाचेभ जन्मिए ।'

उनले रुसमा गोर्भाचेभले लामो समय शासन गरेर समाजवाद,कम्युनिस्ट आन्दोलन सिध्याए झैँ केपी ओलीले पनि त्यही प्रवृत्तिबाट कम्युनिस्ट आन्दोलन सिध्याउन खोजेको आरोप लगाए । ओलीले पार्टीलाई सामूहिक भावनाले होइन एकलौटी ढङ्गले चलाएर पेल्न थाले पछि आफूहरूले विद्रोह गर्नु परेको उनको भनाई थियो । केपी ओलीले राज्य सत्ताको दुरुपयोग गरेको, कार्यकर्ताहरूलाई पार्टीको सिद्धान्त होइन, जालझेल गर्न, भ्रष्टाचार गर्न र लुट्न मात्रै सिकाउने गरेको उनको अर्को आरोप थियो।

उनले अबको निर्वाचनमा केपी ओलीको एमालेलाई धुलो चटाएरै छाड्ने उद्घोष गरे । उनले भने –‘सुरुमा केपी ओलीका विरुद्ध उत्रिने तपाईकै जिल्लाका केहि नेताहरू पनि थिए । तर केहि मान्छेहरू कमजोर भए भन्दैमा सप्पै मान्छे त्यस्तै कमजोर मनस्थितिका हुन्छन् भन्ने होइन, हामीले साहसका साथ विद्रोह गर्‍यौँ र कपी ओलीलाई परास्त गरेरै छाड्यौँ।

उनले एमाले फुटाउने आरोप आफूहरूलाई लगाउने गरेको भ्रममा नपर्न आग्रह गर्दै भने–‘एमाले फुटाउने मात्र होइन,त्यत्रो ठुलो पार्टी नेकपा फुटाउने पनि केपी ओली नै हुन ।’ कार्यक्रममा सो पार्टीकी सचिव तथा सहरी विकास मन्त्री रामकुमारी झाँक्री,पोलिटब्युरो सदस्य सोमप्रसाद पाण्डे लगायतका नेताहरूले पनि सम्बोधन गरेका थिए ।

कार्यक्रममा मदाने,मालिका,इस्मा, धुर्कोट, छत्रकोट गाउँपालिका,यता रेसुङ्गानरपालिका र मुसिकोट नगरपालिकाबाट एमाले कार्यकर्ता नेकपा एकीकृतमा प्रवेश गरेका थिए । नेता नेपालले उनीहरूलाई स्वागत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप