परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता, विभिन्न सम्झौतामा हस्ताक्षर
परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेश मन्त्री वाङ यी बीच भेटवार्ता भएको छ । शनिवार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटवार्तामा दुई समकक्षी मन्त्रीबीच दुई देशका विभिन्न आयामका बारे छलफल भएको मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले रातोपाटीलाई जानकारी दिइन् ।
दुई मन्त्रीबीच दुई देशका सम्बन्धमा विभिन्न विषयमा सम्झौता समेत भएको छ । सम्झौताको विवरणबारे केही बेरपछि विज्ञप्तिमार्फत सार्वजनिक गरिने प्रवक्ता लम्सालले जानकारी दिइन् । उनले भनिन्–‘द्विपक्षीय सम्बन्धका विभिन्न आयामहरूमा सौहार्दपूर्ण रूपमा कुराकानी भएको छ । केही सम्झौताहरूमा दुई देशका बीचमा हस्ताक्षर पनि भएको छ । आर्थिक तथा प्राविधिक सहयोग लगायत विभिन्न विषयमा सम्झौता भएको छ ।’ ३ दिने नेपाल भ्रमणमा आएका मन्त्री वाङले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । आइतबार उनी स्वदेश फर्कनेछन् ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण