शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

महोत्तरीमा मोटरसाइकल दुर्घटना, एक पुरुषको मृत्यु

शनिबार, १२ चैत २०७८, १७ : ०८
शनिबार, १२ चैत २०७८

महोत्तरीको जलेश्वर–जनकपुर सडक खण्डस्थित चाँदनी चोक नजिकै मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका–२१ कुर्थाका ४५ वर्षीय उपेन्द्र महासेठ रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

प्र–२–०२–००३ प ७८७५ नंको मोटरसाइकलमा चढेर जनकपुरबाट जलेश्वर जाँदै गरेको अवस्थामा तीव्रगतिका कारण आफैं अनियन्त्रित भई जिल्लाको पिपरा गाउँपालिका–५ चाँदनी चोक नजिकै दुर्घटना हुँदा उहाँको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उपेन्द्रको उपचारका क्रममा जनकपुरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप