परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता, तस्बिरमा हेर्नुहोस्
शनिबार, १२ चैत २०७८, १६ : २१

परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यी बीच सिंहदरबारमा भेटवार्ता सुरु भएको छ । दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मन्त्रीद्वय बीचमा भेटवार्ता सुरु भएको हो । भेटवार्तामा दुई देशबीच विभिन्न सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।
परराष्ट्रमन्त्री खड्कासँग भेटघाट गरिसकेपछि पाँच बजे प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न उनी बालुवाटार जाने स्रोतले जनाएको छ । विदेशमन्त्री वाङले आइतबार बिहान १० बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटिसकेपछि एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई छुट्टाछुट्टै भेट्ने कार्यक्रम तय भएको छ । दाहाल र ओलीसँग वाङले राजधानीको मेरियट होटलमा भेट्ने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारी परिचालन गरेर भए पनि कक्षा १२ को परीक्षा गर्न खोज्ने बोर्ड कसरी पछि हट्यो ?
-
मुक्तिनाथ मन्दिरमा करिब ४८ लाख भेटी सङ्कलन
-
ट्रम्पका कारण बढिरहेछ सुनको भाउ, कतिमा गएर रोकिएला ?
-
कम बजेटमै जनताको अनुभूति हुने कार्यक्रमलाई प्राथमिकतामा राख्छौँ : मुख्यमन्त्री आचार्य
-
गाजा–इजरायलबीच नयाँ युद्धविराम योजना प्रस्ताव
-
कक्षा १२ को परीक्षा सर्यो