आत्मनिर्भर अर्थतन्त्र बनाउन उद्योग व्यवसायको आधुनिकिकरण आवश्यक : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको पुँजी परिचालन गरी आत्मनिर्भर अर्थतन्त्र बनाउनुपर्ने बताएका छन् । देशलाई उद्योग व्यवसायतर्फ लैजाँदा आत्मनिर्भर अर्थतन्त्र हुने उनले बताए ।
पार्टी मातहतको उद्योग व्यवसायी विशेष जिल्ला कमिटी काठमाडौंको अधिवेशनलाई सम्बोधन गर्दै ओलीले उद्योग व्यवसायलाई पनि आधुनिकीकरणतर्फ लानुपर्ने धारणा राखे ।
‘उत्पादनमा नवीनता, नयाँ उत्पादनमा प्रविधिको प्रयोग, नयाँ प्रकारका सुविधा, नयाँ प्रकारका उपभोग नै आधुनिकता हो’, उनले भने, ‘उत्पादनका क्षेत्रलाई आनुधिक बनाउनुपर्यो र परम्परागत उत्पादन प्रक्रियामा पनि आधुनिकता जोड्नुपर्यो ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले विकास पनि आधुनिकीकरण भएको बताए । त्यसअन्तर्गत भौतिक र सामाजिक पूर्वाधारमा लगानी बढाउनुपर्नेमा उनले जोड दिए ।
उनले कृषिमा आधुनिकीकरण नगरी उत्पादकत्व नबढ्ने र आयात प्रतिस्थापन नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विमल पान मसालाको विज्ञापन गरेका तीन बलिउड स्टारलाई पर्यो भारी
-
८ मिनेटभित्र २ गोल गरेपछि हारबाट जोगियो युनाइटेड
-
ताप्लेजुङमा फेरि प्रहरी र आन्दोलनकारीबिच झडप, दुई जना घाइते
-
अतीतमा गाँसिदै बनेका आठ महिला कलाकारका कला
-
साविक विजेता मच्छिन्द्र बागमती गोल्डकपको फाइनलमा
-
नयाँ शक्तिद्वारा ३ महिने सांगठनिक अभियान प्रस्ताव