आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरीद्वारा सीमा नाकामा उच्च निगरानी

शनिबार, १२ चैत २०७८, १५ : ०३
शनिबार, १२ चैत २०७८

सशस्त्र प्रहरी बल पर्साले भारतसँग सीमा जोडिएका पर्साका सबै नाकामा उच्च निगरानी थालेको छ  । आसन्न स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर पर्साका सबै सीमा नाकामा निगरानी बढाएको सशस्त्र प्रहरी बल १३ नम्वर गणका  गणपति कमल तिमिल्सिनाले बताए । उनले सीमा क्षेत्रमा हुने विविध आपराधिक क्रियाकलापको न्यूनीकरणका लागि सीमा क्षेत्रमा उच्च निगरानी थालिएको बताए ।

“मातहतका सबै युनिटलाई आवश्यकताअनुसार परिचालन गरी सबै सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ” गणका प्रमुख एवम् सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद  पोखरेलले भने, “सीमित स्रोतसाधन र जनशक्तिलाई पूर्ण रुपमा सदुपयोग गरी सीमा क्षेत्रमा उच्च निगरानी बढाएको छ ।”  सो गणअन्तर्गत जिल्लामा पाँच सुरक्षा बेस क्याम्प, १७  सीमा सुरक्षा पोष्ट (बिओपी) र तीनवटा सीमा निगरानी पोष्ट (एफओवी) रहेका छन् । 

सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप तथा हातहतियार ओसारपसार नियन्त्रण गर्ने मुख्य योजना रहेको सशस्त्र प्रहरी उपरीक्षक पोखरेलको भनाइ छ । 

२५ लाख बराबरको मालसामान नियन्त्रणमा 
सशस्त्र प्रहरी बलको टोलीले विनाभन्सार नेपाल भित्र्याइएको रु १७  लाख मूल्य बराबरका विभिन्न मालसामानसहित एउटा ट्रकलाई नियन्त्रण लिएको  छ ।  

वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको ना७ख ३४१० नं को ट्रक र उक्त ट्रकमा लोड भएका प्लास्टिकको झोला, कपडा, भुजा, मेसिनरी र किरानालगायत सामान सशस्त्र प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको सशस्त्र प्रहरी बल १३ नं गण पर्साले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप