एमालेको पाखुरा देखेर प्रधानमन्त्री देउवा डराए : केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग कुनै पनि दलले प्रतिस्पर्धा गर्न नसक्ने दावी गरेका छन् । प्रतिस्पर्धा गर्न नसक्ने भएपछि प्रतिस्पर्धी दलहरू आत्तिएको बताए । उनले प्रतिस्पर्धी दलहरूलाई ‘क्षमताको शून्यता भएकाहरू’ को संज्ञा दिए ।
‘क्षमताको शून्यता भएकाहरू आत्तिन्छन् । एमालेसँग प्रतिस्पर्धा गर्न सक्दैनन्,’ ओलीले शनिबार उद्योग व्यवसायी विशेष जिल्ला कमिटी काठमाडौंको अधिवेशनमा भने । उनले एमाले बाहेकका दलहरूसँग कुनै एजेण्डा पनि नभएको आरोप पनि बताए । एजेण्डा नभएकै कारण अन्य दलहरूले एमालेको भण्डाफोर मात्र गर्ने भन्ने गरेको भन्दै आलोचना गरे ।
‘उनी (दल)हरूले यो काम हिजो गरेको भन्न सक्दैनन् । भोलि यो काम गर्छु भन्न पनि सक्दैनन् । खाली एजेण्डा एमालेको भण्डाफोर गर्ने रे,’ उनले भने, ‘जनकपुर–रेल किन चलायौँ भन्ने होला । नेपालमा किन रेल कुदायौँ भन्ने होला ? पूर्व–पश्चिम रेलमार्गको नक्सांकन किन गरियो भन्ने होला ?’
उनले प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा एमालेसँग डराएको बताए । देउवा एमालेको पाखुरा देखेर डराएको उनको भनाइ छ । उनले सबै दल एकातिर लागे पनि एमालेलाई जित्न नसक्ने दावी गरे । ५० प्रतिशतभन्दा बढी जनता एमालेको पक्षमा रहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस सरकारकाे बजेट पुनर्लेखनकाे माग
-
राष्ट्रिय हाप्किडो प्रतियोगितामा दाङ च्याम्पियन
-
पाराग्वेको 'फोहोरी खेल', एम्बाप्पेलाई मैदानमै प्रशिक्षकले दिए दुई गार्ड
-
आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा
-
पर्खाल भत्किएपछि महानगरपालिकाको प्रतिकार्य टोलीबाट क्षति रोकथाम
-
पहेंलो कार्डको वर्षा, ब्राजिललाई नर्वेले चुनौती देला ? (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण