गोपीकृष्णका ओम, नमः र शिवाय हल सञ्चालनमा
गोपीकृष्ण मुभिजले ओम, नमः र शिवाय सिनेमा हललाई सञ्चालनमा आएको छ । चावहिलको गोपीकृष्ण नगरस्थित गोपीकृष्ण मुभिजले चैत ११ गते शुक्रवारदेखि ओम, नमः तथा शिवाय सिनेमा हललाई सञ्चालनमा ल्याएको हो ।
‘नेपाली चलचित्र क्षेत्रको श्रीवृद्धिमा महत्वपूर्ण भूमिका खेल्न सफल भएको सिनेमा हल गोपीकृष्ण मुभिज प्रालि अहिले गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्सका रुपमा विस्तारित हुँदै गरेको सर्वविदितै छ, विज्ञप्तीमा भनिएको छ – ‘नेपाली फिल्म क्षेत्रका लागि महत्वपूर्ण हबको रुपमा रहेको गोपीकृष्ण मुभिजले नयाँ संरचना निर्माण थालनी गरेता पनि दर्शकहरु दैनिक रुपमा गोपीकृष्ण सिनेमा हलमा चलचित्र हेर्न आएर त्यसै फर्किनु परेको असुविधालाई मध्यनजर गर्दै गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्सको निर्माणलाई जारी राख्दै शुक्रवारदेखि ओम, नम: र शिवाय हललाई आवश्यक मापदण्ड पालना गरी सञ्चालनमा ल्याउने भएका छौं ।’
गोपीकृष्ण मुभिज प्रालिका निर्देशक निरक पौडेलले प्रेस विज्ञप्ती जारी गर्दै शुक्रवारदेखि आवश्यक मापदण्ड पालना गर्दै तीन वटा हल सञ्चालनमा ल्याएको जाकारी दिएका छन् ।
गोपीकृष्ण मुभिज प्रालि अहिले गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्सका रुपमा विस्तारित गर्दै छ । ‘नेपाली फिल्म क्षेत्रका लागि महत्वपूर्ण हबको रुपमा रहेको गोपीकृष्ण मुभिजले नयाँ संरचना निर्माण थालनी गरेता पनि दर्शकहरु दैनिक रुपमा गोपीकृष्ण सिनेमा हलमा फिल्म हेर्न आएर त्यसै फर्किनु परेको असुविधालाई मध्यनजर गर्दै ३ वटा हल संचालनमा ल्याएको हो ।
शुक्रवारदेखि गोपीकृष्णमा कश्मिर फाइल्स, आरआरआर तथा चिसो एष्ट्रे प्रदर्शन हुनेछन् । गोपीकृष्ण आरजिबीमा हरेक दिन बिहान ८ बजेदेखि राति ८ बजेसम्म दैनिक १२ वटा शो सञ्चालनमा आउने छन् । यसका साथै सिनेमा हलको क्याफटेरियासमेत पूर्ण रुपमा सञ्चालनमा आउने छ ।
कुल पाँच सय सिट क्षमताका साथ सञ्चालनमा आउने गोपीकृष्ण आरजिबी सिनेमा हलमा प्रत्येक घण्टा शोहरु सञ्चालन हुनेछन् । यी सिनेमा हलमा सिमित समयका लागि टिकट दर तीन सय रुपैयाँ कायम गरिएको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा महानगरले हटाएका कर्मचारी अदालतमा, दिएन अन्तरिम आदेश
-
विदेशी मुद्रा सहित एक जना पक्राउ
-
कीर्तिपुरमा विरासत जोगाउने र उल्टाउने चुनौतीमा कांग्रेस–एमाले, इतिहास रच्ने दाउमा माओवादी
-
‘बीबीए’ तहमा धौलागिरि क्याम्पसका छात्र रिजाल उत्कृष्ट
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)
-
बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित