शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

चैत मसान्तभित्र हतियार बुझाउन जिप्रका सप्तरीको आग्रह

शनिबार, १२ चैत २०७८, १४ : ००
शनिबार, १२ चैत २०७८

जिल्ला प्रशासन कार्यालय सप्तरीले स्थानीयलाई हातहतियार बुझाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले शुक्रबार सूचना जारी गर्दै आउँदो ३० बैशाख गते हुने चुनावलाई लक्षित गर्दै चैत मसान्तभित्र हतियार बुझाउन आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जारी गरेको सूचनामा नजिकको प्रहरी ईकाईमार्फत हतियार बुझाउन भनिएको छ । आगामी हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष ,भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न सप्तरी जिल्ला भित्र रहेका इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको हो । 

सूचनामा निर्वाचन कार्य सम्पन्न भएपछि फिर्ता पाउने गरी चैत मसान्तभित्र नजिकै प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयमा हतियार बुझाउन भनिएको छ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप