एनआरएनएको १८ वर्षे इतिहासमा रविना पहिलो महिला अध्यक्ष
शनिबार, १२ चैत २०७८, १३ : ४०
गैरआवासीय नेपाली संघ (एनआरएनए)को १८ वर्षे इतिहासमा रविना थापा पहिलो महिला अध्यक्ष बन्ने निश्चित भएको छ । एनआरएनएको दशौँ महाधिवेशनमा अध्यक्ष कुमार पन्तले राखेको प्रस्ताव हलबाट पारित भएसँगै तीन जना अध्यक्ष बन्ने निश्चित भएको छ । जसमा महिला अध्यक्ष रविना थापासहित कुल आचार्य र बद्री केसी अध्यक्ष बन्ने भएका छन् ।
शनिबारदेखि ललितपुरस्थित होटल हिमालयमा सुरु भएको महाधिवेशनले नेतृत्व छान्न जना जनाको अध्यक्ष मण्डल कमिटी गठन गर्ने प्रस्ताव पनि पारित गरेको छ । नयाँ प्रावधानसहित विधानका केही धारा पनि निष्क्रिय भएका छन् । ११ औँ महाधिवेशनमा भने यो नयाँ व्यवस्था स्वतः निष्क्रिय बन्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
मुख्यमन्त्री कँडेलले बुझाए अर्थमन्त्री र ऊर्जामन्त्रीलाई ध्यानाकर्षण पत्र
-
सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी
-
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
-
कोरोनाले मृत्यु भएका तीन जनाको दाहसंस्कार एक हजार दिनपछि