एनआरएनए सत्ययुग हुँदै कलियुगमा प्रवेश गर्यो : पूर्वअध्यक्ष भट्ट
शनिबार, १२ चैत २०७८, १३ : ३०
गैर–आवसीय नेपाली महासंघ (एनआरएनए) का पूर्वअध्यक्ष भवन भट्टले संगठनमा कलियुगमा प्रवेश गरेको भन्दै अध्यात्मक तरिकाले व्याख्या गरेका छन् । काठमाडौंमा जारी १० औँ महाधिवेशनलाई सम्बोधन गर्दै संस्थापक अध्यक्ष उपेन्द्र महतोको पालामा एनआरएन सत्ययूगमा रहेको र अहिले कलियुगमा प्रवेश गरेको उनको तर्क छ ।
‘‘एनआरएन स्थापना गर्दैगर्दा उपेन्द्रजीको पालामा सत्ययुगमा थियो, जीवाजीको पालामा चुनाव भएन त्यसलाई तेत्रायुग नै मानौं,’ भट्टले भने, ‘मेरो पालामा शेषजीसँग निर्वाचन भयो, त्यसलाई द्वापर युग मानौं, अहिले विवाद देख्दा कलियुग जस्तो लागेको छ ।’
यद्यपि, एनआरएनए संस्था पवित्र उद्देश्यका साथअघि बढेकाले विचलित नभइकन एनआरएनएको एकताका लागि पहल गर्न उनले आव्हान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हामी भारत कि चीन भनेर लडिरहेका छौँ’
-
घाइते भएका कारण नेपाल प्रिमियर लिगबाट बाहिरिए दक्षिण अफ्रिकी बलर डे लान्ज
-
प्रचण्डले चीन भ्रमण गर्दा चाइना कार्ड नहुने, ओलीले गर्दा हुने ?
-
कर्णाली डेभपलमेन्ट बैंक ‘समस्याउन्मुख’, वित्तीय कारोबार गर्न रोक
-
चन्द्रागिरि नगरपालिकाद्वारा युवालाई ‘डिजिटल’ तालिम
-
रोनाल्डो चम्किँदा अल नासरको जित