छत्तिसगढ : छोरीको शव काँधमा राखेर कयौँ किलोमिटर हिँडे पिता, छानबिनको आदेश
छत्तीसगढको सुरगुजा जिल्लाको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यस भिडियोमा एक पिता आफ्नी छोरीको शव काँधमा लिएर हिँडिरहेको देख्न सकिन्छ । समाचार एजेन्सी पीटीआईका अनुसार शव वाहन भेट्न ढिलो भएका कारण ती पता दश किलोमिटर पैदल हिँडेर आफ्नो घर पुग्नुपरेको थियो । यस विषयमा राज्यका स्वास्थ्यमन्त्री टीएस सिंहदेवले छानबिनको आदेश दिएका छन्।
सिंहदेवले यस घटनामा दोषीलाई कारबाही गरिने बताए । उनले ट्वीटरमा लेखेका छन्, ‘स्वास्थ्य विभागमा उपस्थित कर्मचारीले उचित संवादमार्फत परिवारलाई अवस्थाबारे जानकारी गराउनुपर्थ्यो र समवेदना प्रकट गर्नुपर्थ्यो। यस घटनामा दोषी पाइएमा कारबाही गरिनेछ ।’
ट्वीटरमा यस घटनासँग सम्बन्धित समाचार साझा गर्दै स्वास्थ्यमन्त्रीले लेखेका छन्, ‘यो तस्बिरमा देखिएका दृश्यहरु दुर्भाग्यपूर्ण छन् र सम्भावित उपचारपछि बालिकाको मृत्यु हुनु अत्यन्तै दुःखद छ ।’ शव देखिएपछि उनलाई पनि अस्पताल बोलाइएको थियो । तर, यसैबीच शोक सन्तप्त परिवारले विचलित अवस्थामा शव लैजाने निर्णय गरेका छन् ।
समाचार एजेन्सी पीटीआईले अधिकारीहरूलाई उद्धृत गर्दै सुरगुजा जिल्लाको अमदला गाउँका निवासी ईश्वर दास आफ्नी बिरामी छोरीको उपचारको लागि लखनपुर सामुदायिक स्वास्थ्य केन्द्र गएको जनाएको छ । अस्पताल पुर्याउने क्रममा बालिकाको स्वास्थ्य बिग्रिएको भन्दै अस्पताल पुगेपछि उपचार सुरु गरिएको तर बालिकालाई बचाउन नसकेको स्वास्थ्य अधिकारीहरूको दाबी छ ।
बालिकाको साँझ करिब ७ः ३० बजे मृत्यु भएको स्वास्थ्य केन्द्रका ग्रामीण चिकित्सा सहायकले जानकारी दिए । बालिकाका लागि शववाहन बोलाइएको थियो । तर साढे ९ बजेसम्म गाडी अस्पताल पुग्दा बालिकाका बुवाले शव लिएर हिँडिसकेका थिए ।
Surguja: Chhattisgarh Health Min TS Singh Deo orders probe after video of a man carrying body of his daughter on his shoulders went viral
— ANI MP/CG/Rajasthan (@ANI_MP_CG_RJ) March 26, 2022
Concerned health official from Lakhanpur should have made the father understand to wait for hearse instead of letting him go, Deo said(25.3) pic.twitter.com/aN5li1PsCm
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)
-
जेठ १४ गते वागमती सरकारको नीति तथा कार्यक्रम
-
जर्जियामा ‘फरेन एजेन्ट’ विधेयकमा राष्ट्रपतिले लगाइन् भिटो
-
शीर्ष दुई टोलीको भिडन्त : राजस्थानलाई दोस्रो स्थान सुरक्षित गर्ने अवसर
-
कार्यदलको बैठकमा कांग्रेस नेता कार्की पनि थपिए
-
महानगर प्रहरीले चाबहिल चोकका घरहरूमा चलायो डोजर