मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

दीपेन्द्रको पहिलो एकदिवसीय शतक

शनिबार, १२ चैत २०७८, १२ : ३४
शनिबार, १२ चैत २०७८

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी दीपेन्द्र सिंह ऐरीले एकदिवसीय अन्तर्राष्ट्रिय पहिलो शतक प्रहार गरेका छन् । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका दीपेन्द्रले शतक बनाए ।

१३६ बल खेलेका उनले ६ चौकाको सहयोगमा १०० रन बनाए । नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने उनी तेस्रो खेलाडी बनेका छन् । यसअघि रोहित कुमार पौड्यालले पीएनजीविरुद्ध नै शतक बनाएका थिए । त्यसअघि पारस खड्काले सन् २०१९ शतक प्रहार गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप