जर्मनीद्वारा युक्रेनलाई १५ सय स्ट्रेला मिसाइल सहयोग
शनिबार, १२ चैत २०७८, १२ : ३२

जर्मन प्रेस एजेन्सीले जर्मनीबाट १५ सय स्ट्रेला एन्टी एयरक्राफ्ट मिसाइल र १०० एमजी ३ मेसिन गनको खेप युक्रेन आइपुगेको युक्रेनी सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै जानकारी दिएको छ।
जर्मनीकी विदेशमन्त्री एन्नालिना बारबकले बुधबार युक्रेनमा मिसाइल पुग्न ढिलाइ भएको बताएकी थिइन्। यद्यपि उनले युक्रेनलाई सहयोग गर्न स्ट्रेला मिसाइल पठाइएको पनि उल्लेख गरेकी थिइन् ।
जर्मनीको विदेश नीति अनुसार उसले द्वन्द्वग्रस्त क्षेत्र वा संलग्न देशहरूलाई हतियार दिँदैन। तर रुसले युक्रेनमा आक्रमण गरेपछि उसले आफ्नो विदेश नीति परिवर्तन गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार बारबाकले भनिन्, ‘हामी विश्वमा हतियारको सबैभन्दा ठूलो निर्यातकर्तामध्ये एक हौं । यो हाम्रा लागि गर्वको कुरा होइन, तर हामीले युक्रेनलाई सहयोग गर्न यो गर्नुपर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : सरकार बनेको ८ महिना वित्दा समेत देखाएनन् मन्त्री र प्रधानमन्त्रीले सम्पत्तिदेखि अमेरिकाको नयाँ कीर्तिमानसम्म
-
कर्णालीका चार सय ४४ बालबालिका बालगृहमा
-
मेचीनगर गोल्डकप : धरानलाई हराउँदै काँकडभिट्टा फाइनलमा
-
अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा
-
दुई जना डीएसपी एसपीमा बढुवा सिफारिस
-
चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण