बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

एभरेष्ट बैंकले मनायो ‘ग्लोबल मनी वीक–२०२२’

शनिबार, १२ चैत २०७८, १२ : १०
शनिबार, १२ चैत २०७८

‘आफ्नो भविष्य निर्माण गर्नुहोस्, पैसाको बारेमा स्मार्ट बन्नुहोस्’ भन्ने नाराका साथ एभरेष्ट बैंक लिमिटेडले ‘ग्लोबल मनी वीक–२०२२’ मनाएको छ ।

यो विशेष सप्‍ताहको उपलक्ष्यमा बैंकले सबै प्रदेशमा विद्यालय र कलेजमा वित्तीय साक्षरता, समाजका अप्रयुक्त वर्गका लागि अन्तरक्रियात्मक बैंकिङ शिविर, स्थानीयवासीलाई डिजिटल बैंकिङ सचेतना कार्यक्रमलगायत विभिन्न वित्तीय सचेतना अभियान सञ्चालन गरेको छ । हाल बैंकले आफ्ना ११२ शाखा, ३१ राजस्व सङ्कलन काउन्टर, १४५ एटिएमबाट आफ्नो सेवाहरू प्रदान गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप