बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

सिद्धार्थ बैंकले कोशी अस्पताललाई हेमोडायलाइसीस मेसिन प्रदान गर्ने

शनिबार, १२ चैत २०७८, १२ : ०७
शनिबार, १२ चैत २०७८

सिद्धार्थ बैंक लिमिटेडले विराटनगर स्थित कोशी अस्पताललाई ५० लाख रुपैयाँ बराबरको हेमोडायलाइसीस मेसिनहरु प्रदान गर्ने भएको छ । सो सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल र कोशी अस्पतालका तर्फबाट मेडिकल सुपरिटेण्डेण्ट डा. यज्ञराज खरेलले हस्ताक्षर गरेका हुन् ।

कोशी अस्पतालले उक्त हेमोडायलाइसीस मेसिन अस्पतालमा आउने बिरामीहरुको उपचारको लागि प्रयोग गर्नेछ । बैंकले पुर्याएको सो सहयोगबाट मिर्गौला रोग भएका व्यक्तिहरूलाई डायलाइसिस सेवा प्रदान गरी जीवनस्तर सुधार गर्न केहि हदसम्म भएपनि मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप